Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

रौतहटमा शक्तिशाली बम विस्फोट, आठ जना घाइते

By kit

मंसिर २, रौतहट । रौतहटमा चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै बम विस्फोट भएको छ । विस्फोटमा ८ जना घाइते भएका छन् ।

बम विष्फोटमा परी ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन । यसैगरी लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई तथा यमुना काफ्ले घाइते भएका छन् ।

घाइते मध्ये गोपाल विक र यमुना काफ्लेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ६ जनालाई थप उपचारको लागि भरतपुर पठाइएको छ ।

कुनै दल विशेषलाई लक्षित नगरि बम विस्फोट गराइए पनि मन्दिर भएको कारण सबै दलका कार्यकर्ताहरु त्यहाँ आउजाउँ गरिरहने भएका हुनाले सो घटना गराएको हुन सक्ने बताइएको छ । सो विष्फोटको हालसम्म कसैले जिम्मेवारी लिएको छैन ।