Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मन्थली बजारमा व्यापार किन सुस्तायो ? यस्तो छ कारण

By kit 4 मिनेट पढाइ

मङ्सिर २, मन्थली । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गाउँ गाउँमा चुनार्वी चहलपहल बढे पनि मन्थली बजार भने सुनसान जस्तै देखिन्छ ।

सवारीसाधन र मानिसको आउजाउ कम भएकाले त्यसबाट व्यापार, व्यवसायमा पनि नकारात्मक प्रभाव परेको व्यवसायीले बताएका छन् । चुनावको दबाब र सवारीसाधनलाई रुट परमिट नभएका कारण मालबाहक सवारीसाधन मन्थली छिर्न नपाएका उनीहरुले बताउँछन् ।

सहयात्री इन्टरप्राइजेजका सञ्चालक महेश्वर कर्माचार्यले अहिले खेतीपातीको समय भएकाले र राजनीतिक दलमा आबद्ध व्यक्ति चुनाव प्रचारमा गाउँगाउँ हिँडेकाले बजारमा चहलपहल कम देखिएको बताउनुभयो ।

तीन सातादेखि बजार सुनसानजस्तै देखिएको छ । सरकारी कर्मचारी पनि निर्वाचनका लागि गाउँ छिरेकाले त्यसको प्रभाव बजारमा देखिएको उहाँको भनाइ छ ।

उद्योग वाणिज्य संघ, रामेछापका अध्यक्ष श्याम थापाले चुनावको दबाबले गाउँबाट मानिस बजार नआएको बताउनुभयो । मालबाहक सवारीसाधनको विवादले सवारीसाधन मन्थली नछिरेका जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो– “मालबाहक सवारीसाधन भित्र्याउने विषय पुरानो भएको हो, मालबाहक सवारीसाधन नआउँदा पुनःनिर्माणसम्बन्धी काम प्रभावित भएको छ ।” बजारमा चहलपहल नभएका कारण मासिक रु दुई करोड घाटा व्यवसायीले व्यहोर्नुपरेको बताइएको छ ।

अध्यक्ष थापाले यस्तो समस्या लामो समयसम्म रहे त्यसले व्यवसायी पलायन हुने र रोजगारी गुम्ने खतरा रहने उल्लेख गर्नुभयो । यसबारे पटकपटक सम्बन्धित मन्त्रालय र स्थानीय प्रशासनलाई जानकारी दिइसकिएको पनि उहाँले बताउनुभयो । आगामी मंसिर १० गते रामेछापमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हँुदैछ । युवराज पाण्डे/रासस