Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
November 19, 2017 पर्बत - PBT, समाज

नेपाल अपाङ्ग उत्थान समाजको अध्यक्षमा किशोर मनस्वी

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । नेपाल अपाङ्ग उत्थान समाज पर्वतको १२ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट किशोर मनस्वी अध्यक्षमा निर्वाचित भएका छन् ।

शनिबार कुश्मामा भएको चौथो अधिवेशनले मनस्वीको नेतृत्वमा ११ सदस्यी कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा उपाध्यक्षमा हरिदत्त शर्मा, सचिवमा जमुना आचार्य, कोषाध्यक्ष भरत मल्ल, सहसचिव संगिता शर्मा  रहेका छन् । त्यस्तै सदस्यहरुमा  ताराप्रसाद तिवारी , संजिब अधिकारी, गंगा शर्मा , चित्रबहादुर कुँवर, लक्ष्मी शर्मा, तारा तिवारी रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै गैरसरकारी संस्था महासंघका अध्यक्ष शिव शर्मा रेग्मीले सवै बर्ग, क्षेत्र, भाषाको समाजमा यथोचित सम्मान बताएका छन् । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सहानुभूति भन्दा पनि अबसर प्रदान गर्नुपर्नेमा जोड दिए । रेग्मीले अपाङ्गता भएका व्यक्ति पनि समाजका अभिङ्ग अंग भएका कारण सवै सरकारी तथा गैरसरकारी संघसंस्थाहरु अपाङ्गमैत्री हुनुपर्ने बताए ।

नेपाल अपाङ्ग उत्पान समाजका संस्थापक अध्यक्ष भोलानाथ शर्माले अपाङ्गता भएका व्यक्तिहरुलाई हौसला र प्रेरणा प्रदान गर्नुपर्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरु अझै पनि समाजमा अपमानको जीवन विताउनुपर्ने बाध्यता रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

पत्रकार महासंघका सदस्य देवराज पुरीले अपाङ्गता भएका व्यक्तिहरुलाइए घर समाज र राज्यबाट क्षमता अनुसारका अबसर प्रदान गर्नुपर्ने बताए । उनले अपाङ्गता एक अबस्था भएको तर कुनै कमजोरी नभएका कारण जीवनको कुनै कालखण्डमा जो कोहि पनि अपाङ्गता हुन सक्छ त्यसैले समाजमा सवै व्यक्तिविच समानाता हुनुपर्ने बताए ।

गणेश सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत उपाध्यक्ष मनिलाल शर्माले गरेका थिए भने संचालन सचिव किशोर मनस्वीले गरेका थिए ।