2026-08-29 01:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका विद्यार्थि मतदाता जागरण अभियानमा जुटे

नन्दराम जैशी/मंसिर ४, जुम्ला । जुम्लाका विद्यार्थिहरु मतदाता जागरण अभियानमा जुटेका छन् । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा किन र कस्तो उम्मेदवारलाई मतदान गर्ने भन्नेबारे मतदाताहरुलाई जानकारी दिदै विद्यार्थिहरु मतदाता जागरण अभियानमा जुटेका हुन् । 

प्राज्ञिक विद्यार्थि परिषद नेपाल, जुम्ला बहुमुखी क्याम्पस जुम्लाका विद्यार्थिहरुले अभियान अन्र्तगत मतदाताहरुलाई किन र कस्तो उम्मेदवार भोट दिने र भोट गर्ने सहि तरीका के हुन सक्छ भनेर अनौपचारीक रुपमा मतदातासँगको भेटघाटमा जानकारी दिन थालेका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि औपचारीक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्राज्ञिक विद्यार्थि परिषद नेपाल, जुम्ला बहुमुखी क्याम्पस जुम्लाका छात्रा प्रमुख सारदा पछाँईले चुनाबमा योग्य र चरित्रवान ब्यक्तिको जित नै विकासको मुख्य आधार भएको भन्दै आसन्न निर्वाचनमा योग्य उम्मेदवारलाई चुन्दै विकास र समृद्धिको बाटोमा लाग्न आम मतदाताहरुलाई अनुरोध गर्नुभयो ।

उहाले भन्नुभयो, हरेक निकाय आ आफ्नो क्षेत्रबाट जुटेर निर्वाचनलाई शान्त, मर्यादीत र भयरहित बाताबरणमा सम्पन्न गर्न भुमिका खेलौ । अमुल्य मतको सहि सदुपयोग गर्दै हाम्रो भन्दा राम्रो ब्यक्तिलाई निर्वाचनमा विजयि गराउँन उहाँले भनुरोध गर्नुभययो । 

राजनितिलाई घृणा र गालि गर्नुभन्दा योग्य र इमान्दार नेतृत्व चयनमा आम युवा तथा विद्यार्थिहरु सक्रिय हुनुपर्ने छात्रा प्रमुख सारदा पछाँईको भनाइ छ ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्राज्ञिक विद्यार्थि परिषद नेपाल, जुम्लाका अध्यक्ष धिरेन्द्र काफ्लेले सबै मतदाताहरुलाई आफ्नो मताधिकारको अनिवार्य प्रयोग गर्न अनुरोध गर्दै सामाजिक स्तरमा चुनाबको महत्व र आवाश्यकताका बिषयमा मतदातालाई सु सुचित बनाउन स्वयंवसेवक र संचार माध्ययमले प्रभावकारी भुमिका खेल्नुपर्ने बताउनुभयो ।

एक दल, एक सिद्धान्त, र एक संस्थालाई बलियो बनाउन होइन, जनतालाई बलियो बनाउने लोकतन्त्रको रक्षा गर्न र संस्थागत गर्न योग्य उम्मेदवारर्ला मतदान गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाले भन्नुभयो, प्राज्ञिक विद्यार्थि परिषद नेपाल कुनै दल र दाताबाट गठन भएको होइन । यो विशुद्ध नेपालि विद्यार्थि र शिक्षकहरुको साझा संगठन हो । यसले दिएको निर्वाचन विशेष जानकारी र मतदाता जागरण अभियानलाई सबैले आत्मसाथ गर्नुपर्ने अध्यक्ष धिरेन्द्र काफ्लेले बताउनुभयो । 

पत्रकार भेटघाट कार्यक्रममा जिल्ला स्थीत विभिन्न संचार माध्यमहरुमा कार्यरत संचारकर्मि पत्रकारहरुको सहभागिता रहेको थियो ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह