२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाका ६६ मदतान केन्द्रमा ४ सय ३० जना कर्मचारि परिचालन

२०७४, ५ मंसिर मंगलवार १२:१७

टेक शाही/मङ्सिर ५, डोल्पा । डोल्पा जिल्लाका ६६ वटा मतदान केन्द्रमा ४ सय ३० जना कर्मचारि परिचालित गरिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ । 

मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६६ जना मतदान अधिकृत,६६ सहायक मतदान अधिकृत, १ सय ६६ जना सहायक कर्मचारि र १ सय ३२ जना कार्यालय सहयोगि परिचालन भएको जनाएको छ । 


माथिल्लो डोल्पा,मध्य र तल्लो डोल्पा गरि तिनवाटा भागमा बिभाजन गरिएको यस जिल्लामा मतदान अधिकृतहरु भने निर्वाचन आयोगको निर्देशन अनुसार गोला प्रर्थाबाट छनौट गरिएको मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले जानकारि दिए । उनका अनुसार माथिल्लो डोल्पा भौगोलिक हिसाबले कठिन भएको र लेख लाग्ने भएकोले कर्मचारि खटनपटनमा स्थानियलाइ पहिलो प्रथामिकता द्रिएको बताए । 

माथिल्लो डोल्पामा स्थानिय पहिलो प्राथमिकतामा परेका छन । त्यसै गरि माथिल्लो डोल्पा जान चाहने कर्मचारिलाइ स्वास्थ्यको अबस्था बुझेर सहमतिमा पठाइएको जिल्ला निर्वाचन कार्यालयले जानकारि दिएको छ ।


तल्लो डोल्पा र मध्य डोल्पाका अन्य सबै मतदान केन्द्रमा अन्य कर्मचारिहरु खटाइएको प्रमूख जिल्ला अधिकारि केशबराजल आचार्यले जानकारि दिए । उनले भने महिला र अन्य स्वास्थ्यमा समस्या भएका कर्मचारिलाइ माथिल्लो डोल्पा नपठाएको र ४० बर्ष भन्दा माथिका कुनै पनि कर्मचारिहरु माथिल्लो डोल्पामा नराखिएको पनि बताए । 

माथिल्लो डोल्पामा भौगोलिक रुपमा कठिन भएको र चिसो अत्याधिक बढेको कारण मतदान केन्द्रमा जाने कर्मचारिहरुलाइ नेपाली सेनाका हेलिकप्टरबाट मतदान केन्द्रमा लगिदै छ । सुरक्षाको हिसाबले अति सम्बेदनशिल मानिएकोले कर्मचारि र सुरक्षा कर्मी हेलिकप्टरबाट लिन लागेको प्रमूख जिल्ला अधिकारी केशबराज आर्चायले जानकारि दिए । उनले भने उच्च हिमाली भेग र पैदल यात्रा कठिन भएकोले नेपाली सेनाको हेलिकप्टर नै प्रयोग गर्नु पर्ने बाध्यता रहेको बताए । 

माथिल्लो डोल्पाका ३ वटा गाँउपालिकामा नेपाली सेनाको टोली पुगि सकेको नेपाली सेनाले जानकारि दिएको छ । त्यसका साथै तल्लो डोल्पाका सबै क्षेत्रमा पनि नेपाली सेना परिचालन भइ सकेको जनाएको छ । आज पहिलो दिन ३ वटा उडानमा सेना र बाकी एक उडान मुकोट र घर्याङका निर्वाचनमा खखटिएका कर्मचारि लगिएको छ । ८ गते सम्म भए पनि सबै कर्मचारि मतदान केन्द्रमा पुग्ने जिल्ला निर्वाचन कार्यालय जानकारि दिएको छ । 

प्राबिधिक कठिनाइको कारण नेपाली सेनाको हेलिकप्टरले भने बमोजिम लोड बोक्न नसक्ने पनि जानकारि दिएको छ । तसकारण माथिल्लो डोल्पाका सबै मतदान केन्द्रमा कर्मचारि पुग्न समय लाग्ने बताएको छ ।तर तल्लो डोल्पामा भने समयमा नै कर्मचारि  पुग्नेछन । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले