Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
November 22, 2017 पर्बत - PBT, समाज

नमूना उमावि कुश्माको कालोधन्दाको रिपोर्ट प्रधानमन्त्रीको कार्यालयमा पुगेपछि…प्रमाणसहित

By kit

पर्वत । पछिल्लो समयमा नीजि विद्यालयहरुले मनपरी रुपमा शूल्क लिने गरेका छन् । यस विषयमा ठूलो बहस भएपनि नीजि तथा आवासिय विद्यालयहरुले आफ्नो मनपरीतन्त्रलाई छोड्न भने सकेका छैनन् ।

शिक्षा ऐन विपरित जिल्लामा अधिकांश नीजि विद्यालयहरु संचालनमा छन् तर ती विद्यालयहरु कारवाहीमा पर्लान् भन्दा उल्टो सम्मानीत भएका घटनाहरु हाम्रो सामु छन् ।

नियगमन निकायका कर्मचारीहरु शैक्षिक माफियाहरुको संरक्षणमा नलागेका पनि होइनन् । शैक्षिक माफियाको संरक्षणमा जिल्ला शिक्षा कार्यालयकै कर्मचारीहरु लाग्ने गरेको घटनाहरु जिल्लाको लागि कुनै नौलो होइन । आफ्ना छोराछोरी निशुल्क नीजि विद्यालयमा पढाउने, तीनै विद्यालयबाट उल्टो कमिशन लिने र अबैध कार्य गरेपनि चुप लागेर बस्ने नियगमन निकायसँग उजुरी गर्नुको कुनै अर्थ र औचित्य पनि छैन ।

कारवाही होलाभन्दा उल्टो सम्मान र पुरुस्कृत हुन्छन् त्यसैले त जिल्लामा नीजि विद्यालयहरुले आफ्नो धन्दा खुलेआम संचालन गरेका छन् । न त उनीहरुलाई जिल्लाका सरोकारवाला निकायको भयनै छ न त अभिभावकको । खल्तीमा गाँठ भरिदिए र छोराछोरी निशुल्क पढाइदिए मख्ख पर्ने नियगमनका कर्मचारीकै कारण पर्वतमा  नीजि विद्यालयहरुले मनपरीतन्त्र लाद्ने काम गरिहेका छन् । त्यसैले अभिभावकहरु गुहार माग्नको लागि आधुनिक प्रविधिसँगैको हेलो सरकारमार्फत प्रधानमन्त्री कार्यालयसम्म आफ्नो बेदनाका पोका लिएर पुग्न बाध्य भएका छन् ।

सदरमुकाम कुश्मामा संचालित नमुना आवसिय उच्च मावि विरुद्ध प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उजुरी दर्ता भएको छ । मनपरी रुपमा शुल्क बृद्धि गर्ने र विद्यालयले दिने प्रमाणपत्रमा समेत मोटो रकम लिने गरेको आरोप सहित प्रधानमन्त्रीको कार्यालयसम्म यो खबर पुगको हो ।

जिल्लामा रहेको नियगमन निकायसमेत भ्रष्टाचारको चंकुलमा बसेको छ । गतबर्षमात्रै जिल्ला शिक्षा कार्यालयमाथि दर्जनौ भ्रष्टाचारका उजुरीहरु परेका छन् । यसले पनि के अनुमान लगाउन सकिन्छ भने जिल्लामा लुट्नेहरुको राज बढी छ । जनताको गुनासो सुन्ने कोहि पनि छैन ।

नमूनाले परिक्षा नियन्त्रण कार्यालयले तोके भन्दा दोब्बर शुल्क असुलेर विद्यार्थीहरुको परीक्षा लिएपछि अभिभावकहरुले उजुरी दर्ता गरेका हुन् । विद्यार्थीहरुले कक्षा उत्रिण गरेपछि दिईने प्रमाण पत्रको मुल्य पनि नियन्त्रक कार्यालयले तोके भन्दा दोब्बर मुल्यमा विक्रि गरेको भेटिएपछि छावीन थालिएको छ । प्रतिविद्यार्थी विद्यालयले दिने प्रमाणपत्रको मुल्य चार हजार मागेको पत्रमा उल्लेख गरिएको छ ।

शिक्षा विभाग शासकीय सुधार तथा आन्तरीक गुणस्तर शाखा सानोठिमी भक्तपुरले  चं नं ६७ (ग.६०) पत्रमार्फत छानविन गर्नको लागि जिल्ला शिक्षा कार्यालय पर्वतलाई निर्देशन दिएको छ । सो पत्रमा एसइइ चारित्रिक प्रमाणपत्रमा चार हजार माग गरेको र सत्य भए कारवाही गरी विभागमा जानकारी गराउन समेत आग्रह गरेको छ ।

यता विद्यालयका प्रिन्सिपल इन्द्रमान खत्रीले पं्रमाणपत्र बापत चार हजार रुपैयाँ लिएको स्वीकार गरेका छन् । उजुरी कर्ताले विद्यलायललाई तिर्नुपर्ने सेवा शूल्क समेत अझै नतिरेको भन्दै खत्रीले अरुले पनि लिने गरेको र आफूले पनि लिएको बताएका छन् ।

चार हजार हामीले मात्रै होइन अरु विद्यालयले पनि लिन्छन् । र लिइरहेका छौं । योभन्दा अरु मेरो केहि भन्नुछैन उनले भने । सो विद्यालयमा झण्डै ९ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

जिल्ला शिक्षा अधिकारीले सम्बन्धीत विद्यालयसँग जवाफ मागिसकेको बताएका छन् । उनले नमुना आवाशिय मावि विरुद्ध उजुरी परेको पत्र प्राप्त भएपछि सात दिनको म्याद दिएर जवाफ मागेको बताएका छन् ।

गत शैक्षीक शत्रको एसइई उत्रिण गरेका ४२ विद्यार्थीबाट शैक्षिक योग्यताको प्रभाण पत्र उपलब्ध गराउँदा विद्यालयले अतिरिक्त शुल्क लिएको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ ।