2026-09-19 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भारत बेच्न लैजाँदै गरेका ३ युवतीसहित दुई दलाल नवलपरासीमा पक्राउ

श्याम थापा/मङ्सिर ७, नवलपरासी । नेपाली युवतीहरूलाई बेचबिखनका लागि भारत लैजाने क्रममा नवलपरासी जिल्लाको सुस्ता पुर्व रहेको त्रिबेणि ब्यारेजमा नेपाल प्रहरीले २ जना दलाल सहित ३ जना युवतीहरूलाई पक्राउ गरेको छ । 

नेपाल र भारत दुबै देशमा दोहोरो नागरिकता भएको र आफुलाई नवलपरासी जिल्लाको गोपिगन्ज बस्ने भनेर बताउने हरि बाहादुर बिक र नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका बस्ने राजकुमारी बिकले सिन्धुपाल्चोक बस्ने बर्ष २० कि नरमाया तामाङ, सिन्धुपाल्चोक बस्ने बर्ष १९ कि निरमाया तामाङ र बुटवल बस्ने बर्ष ३४ कि लिला गुरुङलाई भारतको मुम्बईमा बिक्री गर्न भनेर लैजादै गर्दा नेपाल प्रहरी त्रिबेणिका प्रहरी जवान उषा गायकले पक्राउ गरेका हुन । 

उहाले पक्राउ गरि ईलाका प्रहरी कार्यालय त्रिबेणिलाई बुझाएको जानकारी दिनु भयो । पक्राउ परेका दुबै दलाल सहित ३ जना युवतीहरुलाई ईलाका प्रहरी कार्यालय त्रिबेणीमा राखीएको राष्ट्रिय अनुसन्धान बिभागको विशेष सुत्रले जानकारी दिएका छन । 

पक्राउ परेका दलाल हरि बाहादुर बिक र राजकुमारी बिकले अहिले सम्म २० वटा भन्दा बढी नेपाली चेलीहरुलाई भारत लगेर बिक्री गरिसकेको ईलाका प्रहरी कार्यालय त्रिबेणिका प्रहरी नायब निरीक्षक हरि धोबीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह