पढ्न करिब 1 मिनेट लाग्छ
<p>मङ्सिर ९, काठमाडौं | सर्लाहीको रानीगञ्जमा रहेको पशुपन्छी विकास मन्त्री शम्भुलाल श्रेष्ठको घर नजिकै बम विस्फोट भएको छ । <br></p><p>मन्त्री श्रेष्ठको घर नजिकै विस्फोट भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।</p><p>विस्फोटको आवाज ठूलो भए पनि घरको कम्पाउण्ड बाहिर भएकाले नोक्सानी नभएको प्रहरीले जनाएको छ । अहिले त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ ।</p>

