पढ्न करिब 1 मिनेट लाग्छ

भास्कर के.सी/मंसिर १३, कञ्चनपुर । नेशनल प्याव्सन महोत्सव यहि मंसिर १४ गतेबाट शुरु हुदैंछ ।

विहान १० बजे महेन्द्रनगर बजारमा विभिन्न विद्यालयका विद्यार्थीहरुले ¥याली निकाली खुल्ला मञ्चमा भेला भई ११ बजे औपचारिक उद्घाटन गरिने एन प्याव्सनका अध्यक्ष दिपक भट्टले बताउनु भयो । यसपालि महोत्वसका प्रमुख अतिथि नेशनल प्याव्सनका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले उद्घाटन गर्नु हुनेछ ।

‘स्पोर्टस फोर साउण्ड हेल्थ’को नाराका साथ शुरु गरिएको खेलकुदमा एन प्याव्सन सँग आवद्ध जिल्ला भरिका विभिन्न विद्यालयहरुमा भाइचारा गराउनुको साथै विद्यार्थीहरुको सर्वाङ्गिण विकासको लागि यस प्रकारको महोत्सवलाई हरेक वर्ष नेशनल प्यावसनले संचालन गर्दै आइरहेको छ ।

यस वर्ष चार तहमा खेलकुद गराइने छ ।

जसमा प्रावि, निमावि, मावि, र उच्च मावि तह गरेर १३५ स्वर्ण, १३५ रतज १५१ काँस्य पदकका सार्थै उत्कृष्ट २८ खेलाडीलाई ट्रफी, ३६सिल्ड प्रदान गरिने छन् ।

नेशनल प्याव्सनमा जिल्ला भरि १५९ विद्यालय रहेको मुल आयोजक समितिका संयोजक भिम बहादुर चन्दले बताउनु भयो । यस महोत्सव भरिको खेलकुद तथा अन्य जानकारीको लागि महोत्सवका प्रवता बलदेव भट्ट रहनु भएको छ ।