Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पत्रकार महासंघको सक्रियतामा ३०औँ बिश्व एडस दिवस मनाइयो

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही/मङ्सिर १५, डोल्पा  । डोल्पा जिल्लामा पनि ३० औँ बिश्व एडस दिवस मनाइएको छ । नेपाल पत्रकार महाँसघ जिल्ला साखा डोल्पाको सक्रियतामा बिश्व एडस दिवसा मनाइएको  नेपाल पत्रकार महाँसघ डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङ्गले जानकारि दिए ।

सदरमुकाम दुनैमा रहेको बिरेन्द्र चोकमा एचआइभि एडस सम्बन्धी जनचेतना मूलक सनदेश लेखिएका पम्पलेट सहित ब्यान राखेर कण्डम बितरण गरि दिवस मनाइएको छ । “मेरो स्वास्थ्य मेरो अधिकार” भन्ने मुल नाराका साथ दुनैमा बिश्व एडस दिवस मनाइएको जिल्ला एडस समन्वय समितिले जानकारि दिएको छ ।

दिवसको अबसरमा सार्वजानिक ठाँउमा बाटोमा हिड्ने बटुवाहरुलाइ डाल (कण्डम) बितरण गरेरको किर्डाक नेपालका जिल्ला सँयोजक सुरेन्द्र ढकालले जानकारि दिए । उनका अनुसार निशुल्क कण्डम बितरण गरेर यौन रोगबाट हुने खतराबाट जोगिने बारे सन्देश दिनु र लाज मान्ने कुराको अन्तय गर्नु रहेको बताए ।

बिश्व एडस दिवसको अबसरमा ५ सय ६८ भन्दा धेरे ढाल(कण्डम) बितरण गरिएको र हरेकलाइ कण्डम दिदा यौन स्वास्थ्यका बिषयमा जानकारि दिएको नेपाल रेडक्रस सोसाइटि जिल्ला साखाका सँयोजक टेकम ओलीले जानकारि दिए । उनले भने हरेक महिला तथा पूरुषहरुलाइ यौन शिक्षा दिने र कण्डमको महत्वको बिषयमा जानकारि गराउने दिवसको मुख्य पाटो रहेको बताए ।

डोल्पा जिल्लामा एचआइभि एड्स भएका ब्यक्तिहरु भने नभएको जिल्ला स्वास्थय कार्यालय डोल्पाले जानकारि दिएको छ । पछिल्लो समय एचआइभिको परिक्षण नेपाल रेडक्रस सोसाइटिले गरेको र परिक्षण गरेको स्थानबाट कुनै पनि एचआइभि भएका ब्यक्तिको पहिचान नभएको कारण डोल्पामा एचआइभि नभएको तथ्याङ्ग रहेको पाइएको छ ।

ढाल(कण्डम) भन्ने बित्तिकै गलत र लाज तथा सरमको कुरा मानिने समाजमा ढालको महत्वको बिषमा जानकारि भने गराउन कुनै पनि निकायले नसकेको पाइएको छ । गाउका महिला स्वास्थ्य स्वयम सेविका र स्वासथ्य कर्मि बाहेक अरु साधारण ब्यक्तिले ढालको बिषयमा बोल्न समेत चाहदैनन । किनकी समाजामा कण्डम भन्ने बित्तिकै लाज तथा सरम भन्ने बुझिन्छ ।

जस्ले जसरि बुझे पनि कढाल(कण्डम)को सहि प्रयोगबाट हरेक ब्यक्तिको जिवन सुरक्षा हुने भएको हुदा यौन सम्पर्कको बेलामा ढाल(कण्डम) अनिबार्य प्रयोग गर्न चिकित्सकले सल्लाह् दिएका छन । कुनै ब्यक्तिले यौन सन्तुष्टिका लागि कण्डमको प्रयोग गर्न भुलेमा सिँगो जिवन कुमाउनु पर्ने भएकाले पनि ढाल(कण्डम) यौन सम्पर्कका लागि मह्त्वपूर्ण साधान रहेको डक्टरहरु बताउछन ।

जनचेतनाको कमिले पनि थोरै सँख्यमा यौन सम्पर्कको बेलामा ढाल(कण्डम)को  प्रयोग गर्ने तथ्याङ्क रहेको छ । ढाल(कण्डम( प्रयोग गर्दा यौन सन्तुष्टिमा कमि भएको महसुस हुने भएकाले पनि यौन सन्तुष्टिका लागि कण्डम प्रयोग नगर्ने धेरेको भनाइ रहेको छ ।