पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर १६, म्याग्दी । रघुगंगा गाउँपालिका–४ दग्नाममा भीरबाट लडेर एक मह शिकारीको शुक्रबार मृत्यु भएको छ ।

दग्नाम, गैही्रगाउँका ४८ वर्षीय तिलु पुर्जाको मह शिकार गर्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्वादिलो र गुणकारी भए पनि भीरमह झिक्न भने गाह्रो छ । चोयाको डोरीको भ¥याङ बनाई मह निकाल्ने परम्परागत विधिमा उच्च जोखिम छ । मह निकाल्ने मुख्य व्यक्तिले सुरक्षा डोरीसमेत नलगाउने र चोयाको पुराना लट्ठा प्रयोग गर्ने हुँदा दुर्घटनाको जोखिम हुने गरेको छ । रासस