2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको दुप्चेश्वर मन्दिरमा भक्तजनको घुइँचो

मङ्सिर १६, नुवाकोट । राउतबेंसीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनक जारी छ । 

मन्दिरमा लाग्ने मेलाको मुख्य दिन आज शनिबार साँझ र आइतबार पूर्णिमाको बिहानी प्रहरमा पूजाराधना गर्ने भक्तजनको सहभागिता उल्लेख्य छ । एकादशीदेखि नै शुरु भएको घुइँचो लगातारको बिदाले अघिल्लो वर्षभन्दा यस वर्ष वृद्धि भएको मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिनुभयो । 

राउतबेंसीका स्थानीयवासी बासे तामाङको गाई तादी नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवान्लाई दूध चढाई बसेको स्थानलाई भक्तजनले वाग्मतीको दोस्रो पशुपतिनाथका रुपमा पछिल्लो दुई सय वर्षदेखि पुज्दै आएका छन् । भक्तजनले ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्रलाभ गराउने विश्वास गरिँदै आएको छ । अविवाहितलाई जोडी प्रदान, पशुचौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने भनी दुप्चेश्वरको प्रख्याति छ । 

समुद्रमन्थन गर्दा निक्लिएको कालकूट विष सेवनपछि छट्पटिनुभएका शिव पशुपतिनाथ हुँदै दुप्चेश्वरमा बास बसेर गोसाइँकुण्ड गएको किंवदन्ती पनि छ । यहाँ धान्य पूर्णिमा र फागु पूर्णिमामा विशेष मेला लाग्ने गरेको छ । मेलामा तामाङ झाँक्री र तिनको ढ्याङ्ग्रो मुख्य आकर्षक रहन्छन् । 

दुप्चेश्वर गाउँपालिका–६ राउतबेंसीमा अवस्थित मन्दिरमा धान्य पूर्णिमाका अवसरमा एकादशीदेखि शुरु भएको मेला चतुदर्शीको रात र पूर्णिमाको दिन बिहान लाग्ने भए पनि सार्वजनिक बिदा परेकाले यस वर्ष शुक्रबार त्रयोदशीसम्म नै दर्शन र पूजाराधना गर्ने भक्तजनको सङ्ख्या ३० हजार पुगेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । 

गाउँपालिकाले कोष स्थापना गरी त्यसका अध्यक्षमा वडा नं ६ का वडाध्यक्ष किशोर आचार्य र संरक्षकमा गाउँपालिका अध्यक्ष योवीन्द्रसिंह तामाङ र उपाध्यक्षमा अञ्जु आचार्यलाई तोकेर जात्रा व्यवस्थापनमा क्रियाशील भएको छ । 

कोषका संरक्षक तामाङका अनुसार मन्दिरमा दर्शन गर्न पुग्ने भक्तजनलाई यातायात, स्वास्थ्य शिविर, विशेष पूजाको व्यवस्था, खाना र बासको सहजता मिलाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई