Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रहरीको निशानामा जुवाडे ः एउटै खालबाट १८ बर्षिय किशोरदेखि ७१ बर्षिय बृद्धसम्म पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

ताराबहादुर महत । मंसिर १७, दोलखा । दोलखामा १८ बर्षिय किशोरदेखि ७१ बर्षिय बृद्ध समेत एउटै जुवाखालबाट पक्राउ परेका छन । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीबाट उनीहरुसहित जुवा खेलिरहेका २६ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लामो समय अघिदेखि जात्रा लाग्ने गरेको साविक सुनखानी गाविसमा अवस्थित कालिनाग मन्दिरको जात्रामा कौडा पैसाको हारजित हुनेगरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कालिञ्चोक ९ का ६४ बर्षिय दानबहादुर शिवाकोटी, सोहि ठाउँका १८ बर्षिय गणेश सेढाँई, आईतमान थामी, सोम थामी लगायत ६ जना वडा नम्बर ८ का शंकर शिवाकोटीसहित १४ जना, कालिञ्चोक २ का ७१ बर्षिय भेषबहादुर पाण्डे, कमलामाई ५ सिन्धुलीका २५ बर्षिय अमरबहादुर श्रेष्ठ लगायत रहेका छन् ।

उनीहरुलाई पक्राउ गरिएको स्थानबाट ८२ हजार १ सय ७५ रुपैँया नगदसहित १६ थान कौडा, ५२ पत्ति तास र केहि थान म्याट तथा गुन्द्री पनि बरामद गरिएको प्रहरी प्रमुख कार्कीको भनाई छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय चरिकोटमा ल्याई घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसअघि पनि विभिन्न जात्रा, उत्सव, चाडपर्व लगायतका अवसरमा जुवातास खेल्ने दर्जनौंलाई प्रहरीले पक्राउ गरेर कारबाही गरेको थियो ।