३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

राजनैतिक क्रान्ति सकियो, आर्थीक क्रान्ति वाँकीः प्रभाकर

१९ चैत्र २०७२, शुक्रबार २१:०७

janardanगणेश सिर्पाली । चैत्र–२०, रुकुम । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले अवको समय आर्थीक क्रान्तिको भएको बताउनुभएको छ । संविधान जारी भैसकेको अवस्थामा अव सबैको ध्यान आर्थीक विकासमा जान जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।

रुकुमको आठविसकोटमा सहिद नेत्र ओलीको सालिक अनावरण गर्दै नेता प्रभाकरले जिल्लाको विकासका लागी जिल्ला स्थित सबै राजनितिक दलहरुको सहकार्य समेत आवश्यक रहेको उहाँको भनाई छ । त्यस्तै सहिद नेत्र ओलीले पार्टीलाई पुर्याएको योगदानको कदर हुने बताउनुभयो ।

दोस्रो संविधान सभाको निर्वाचनको क्रममा पार्टीको प्रचार प्रसारमा गएको बेला २०७० मा ओलीको रुकुम घेत्माको गाउँबारीमा हत्या भएको थियो । ओलीको सम्झनामा पार्टीले आठविसकोट राडिको माथिल्लो पिपलबोटमा निर्माण गरेको शालिक नेता प्रभाकरले अनावरण गर्नुभएको हो ।

एमाओवादी गाउँ सम्मेलन आयोजक समिति संयोजक चन्द्र वहादुर वुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेता प्रभाकरको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला अध्यक्ष गोपाल शर्मा अनल, सह सचिव धर्म वहादुर केसी जिज्ञाशु, सहिद नेत्र ओलीका बुवा महाविर ओली, आमा बल कुमारी ओली, अंकल थलविर ओली लगाएतको पनि आतिथ्यता रहेको थियो ।

जनक वटालाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन गंगाराम चनाराले गर्नुभएको थियो । यसैविच नेता प्रभाकरले आठविसकोटका पार्टी कार्यकर्ता संग भेटघाट तथा छलफल समेत गर्नुभएको बताईएको छ ।

यसैविच नेता प्रभावकरले मग्माका पार्टी कार्यकर्ता संग भेटघाट गर्नुका साथै अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएको छ । नेता प्रभाकरले समसामयिक राजनितिक परिस्थिति, पार्टीको भुमिका, पार्टी सुधृढीकरण लगाएतका विषयमा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।

यस्तै आज विहान नेता प्रभाकरले गाविसमा रहेका सहिदका परिवारसंग भेटघाट गर्नुभएको छ । भेटका क्रममा सहिद परिवारका सुझाव समेत संकलन गर्नुभएको थियो । आज रुकुमकोटमा हुने सर्वपक्षिय अन्तरक्रिया कार्यक्रममा उहाँ सहभागी हुने उहाँ संगै टोलीमा रहनुभएका एमाओवादी जिल्ला अध्यक्ष गोपाल शर्मा अनलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द