पुस्कर महत मङ्सिर १८, दोलखा । दोलखाको उत्तरी क्षेत्रका वासिन्दाहरु प्राकृतिक प्रकोपबाट हुने क्षती न्युनिकरणमा सचेत बन्दै गइरहेको पाइएको छ ।

सामुदायिक विकास मञ्च नेपालको ‘प्रयास’ परियोजनाका कारण साविक लादु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस्कर महत मङ्सिर १८, दोलखा । दोलखाको उत्तरी क्षेत्रका वासिन्दाहरु प्राकृतिक प्रकोपबाट हुने क्षती न्युनिकरणमा सचेत बन्दै गइरहेको पाइएको छ ।

सामुदायिक विकास मञ्च नेपालको ‘प्रयास’ परियोजनाका कारण साविक लादु"/>

2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

विपद व्यवस्थापनमा आत्मनिर्भर बनाउँदै ‘प्रयास’

पुस्कर महत मङ्सिर १८, दोलखा । दोलखाको उत्तरी क्षेत्रका वासिन्दाहरु प्राकृतिक प्रकोपबाट हुने क्षती न्युनिकरणमा सचेत बन्दै गइरहेको पाइएको छ ।

सामुदायिक विकास मञ्च नेपालको ‘प्रयास’ परियोजनाका कारण साविक लादुक र लामिडाँडा गाविसका स्थानियहरु खोज तथा उद्धार समिति, स्थानिय विपद व्यवस्थापन समिति लगाएतमा संलग्न रही भैपरि आउने जोखिम न्युनिकरणमा सचेत रहेको पाइएको हो । भुकम्प, बाढि पहिरो, आगलागि, चट्याङ जस्ता प्राकृतिक प्रकोपबाट जोगिन विपद पूर्व तयारीमा स्थानियहरु सचेत रहेको  हुन् । करिव १ वर्ष अघिदेखि सञ्चालित परियोजनाले स्थानिय तहमा खोज कार्यदल, प्राथामिक उपचार कार्यदल, स्थानिय विपद व्यवस्थापन समिति गठन गरि क्षमता विकास सम्बन्धि अभिमुखिकरण तालिम प्रदान गरेको थियो । कार्यदलमा रहेका व्यक्तिहरुले तालिममा सिकेका कुराहरु समुदायमा समेत नमुना अभ्यास गर्ने, प्रत्यक्ष अप्रत्यक्ष विधिबाट सचेत गराउने गरेका कारण सिंङ्गो समुदाय नै सचेत बन्दै गइरहेको पाईएको छ ।

युरोेपेली समुदायको मानविय सहायता विभाग(ईको) र अष्ट्रियन विकास नियोग(एडिसि) को आर्थिक सहयोग तथा ह्याण्डिक्याप इन्टरनेशनल र केयर नेपालको प्राविधिक सहयोगमा सञ्चालित “प्रयास” परियोजनाले समाजमा बसोबास गर्ने युवाहरुको भुमिका प्रष्ट्याउँदै वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला लगाएत सबैलाई हुनसक्ने सम्भावित खतरालाई मध्येनजर गरेर कार्यक्रम सञ्चालन गरेको छ । परियोजाले साविकका २ गाविसमा कार्यक्रम संचालन गरेपनि उत्तरी भेगका गौरीशंकर, विगु, कालिञ्चोक लगाएत गाउँपालिकाले विपद सम्बन्धि कार्यक्रमहरु आफैँले सञ्चालन गर्दै आइरहेको परियोजना संयोजक गोपालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।

खोज तथा उद्धार कार्यदल लादुककी सदस्य रमिला वि.क. ले तालिममा स्थानिय सामाग्री प्रयोग गरी स्ट्रेचर बनाउन सिकेको सिपका आधारमा गर्भवती महिलाको ज्यान बचाएको र प्राथमिक उपचार कार्यदलकी सदस्य दुर्गा खड्काले प्राथमिक उपचार तालिममा प्राप्त ज्ञानको आधारमा नवजात शिशुलाई पुर्नजीवन दिन सफल भएको बताएका छन । यसबाट समाजमा “प्रयास” का प्रयासहरु जिवन उपयोगी शिक्षा भएको स्थानियको भनाई छ । परियोजनाले संचालन गरेको पूर्ण सिर्जित फेरियन सशक्तिकरण साक्षरता सामुदायिक विधि(रिफ्लेक्ट) कक्षाले आफ्नो परिचय दिन र नाम लेख्न सक्ने भएको लादुककि ६२ वर्षिया एकल अपाङ्ग बृद्धा नाक्चि तामाङले बताइन । ईको र एडिसीको आर्थिक सहयोगमा प्राविधिक रुपमा सहयोग गरिरहेको ह्याण्डिक्याप इन्टरनेसनल र केयर नेपालले संकटासन्नता समुदायलाई समेत प्रभावकारी हुने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन् । परियोजनाले साविकका दुवै गाविसमा प्राकृतिक प्रकोपमा परि हराएका तथा विचलित समुदायको खोज तथा उद्धारका निम्ति प्रयोग गर्न सकिने फोल्डिङ स्टे«चर, कारविनर, हेलमेट लगाएत १९ प्रकृतिका आपतकालिन सामग्री हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई