2026-09-19 10:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको निर्वाचन – मतदान स्थलमा पुग्दै कर्मचारी (भिडियाे सहित)

महेन्द्र केसी
मंसिर १८ पर्वत । आगमी विहिबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका खटिएका कर्मचारीहरु निर्वाचन सामाग्री बुझेर मतदानस्थल तर्फ खटिन थालेका छन् । मतदान सामाग्री सहित सुरक्षाकर्मीको साथमा कर्मचारीहरु कार्यक्षेत्रमा प्रस्थान गरेका हुन् ।

चुनावका लागि पर्वतमा एक हजार एक सय १२ कर्मचारी नियुक्ति भएका छ्न् । त्यसैगरी ५ सय ६४ जना स्वयमसेवक खटाइएको छ ।
सदरमुकामबाट एक दिन लाग्ने विहादी, पैयूँ, महाशिला गाउँपालिकाका लागि कर्मचारीहरु विहानै चुनाव सामाग्री बुझेर प्रस्थान गरेका छन् भने अन्य क्षेत्रमा खटिएका कर्मचारी पनि सामाग्री बुझेर आआफ्नो क्षेत्रमा प्रस्तान गरिसकेका छन् । सदरमुकाम देखि नजिकका क्षेत्रहरुमा कर्मचारीहरु पुगिसकेका छन् भने आफ्नो कामहरु शुरु गर्न थालेका छन् ।

प्रतिनिधिसभामा एक, प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको पर्वतमा १ लाख ७ हजार २ सय ९८ मतदाता छन् । दुइ नगरपालिका र ५ वटा गाउँपालिका रहेको यस जिल्लामा ७२ मतदान स्थल र एकसय ३९ मतदान केन्द्र कायम गरिएको छ ।
प्रदेशसभा (क) मा ६, प्रदेशसभा (ख) मा ८ र प्रतिनिधिमा १४ जना गरी कुल २८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्लाको शान्ति सुरक्षाको लागि प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना परिचालन गरिने भएको छ । निर्वाचनको अबधिमा १९ मोबाइल टोली परिचालन हुनेछन् । नेपाल प्रहरी र म्यादी प्रहरी गरी १२०८, शसस्त्र २०८, सात सेमु नेपाली सेना २३१, राष्ट्रिय अनुसाधन आयोगका १० र नेपाल प्रहरीको १४ सिनियर र जुनियर टोली परिचालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई