डडेलधुराको परशुराम नगरपालिकामा भेटिएको बम निस्कृय

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

मङ्सिर १९, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका केन्द्र लालढुंगा बजारमा सोमबार भेटिएको प्रेसकुकर बम नेपाली सेनाले निस्कृय पारिएको छ ।

परशुराम नगरपालिकाको लालढुंगा बजार नजिक रहेको बसपार्कमा बम भेटिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको हो ।

परशुराम नपाको जोगबुढास्थित लालढुंगा बजारमा रहेको जोगबुढा बसपार्क नजिकै भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबारै निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रप्रसाद जोशीले बताउनुभयो ।

बस पार्कमा सोमबारै वाम गठबन्धनको चुनावी सभा रहेको थियो । सो सभालाई वाम गठवन्धनका नेता जनार्दन शर्मा र भीम रावलले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

बम भेटिएपछि बजारका स्थानीयबासिन्दा त्रसित बनेका छन् । बम राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । बम भेटिएको स्थानदेखि ५ सय मिटरको दूरीमा जोगबुढा बजारकै चोकमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply