Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २१ गते, बिहान ८:४४ बजे
पश्चिमी रुकुम - RKM

५८ वर्षमा एस.एल.सि.

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
गणेश सिर्पाली/चैत्र–२१, रुकुम ।  रुकुममा ५८ वर्षिय एक व्यक्तिले प्रवेशिका परिक्षा एसएलसी दिईरहेका छन् । रुकुम मग्मा ९ ढारवाङका  शसिराम खत्रीले मग्माको शिद्धार्थ उच्च मावि बाट एसएलसी दिईरहनु भएको केन्द्राध्यक्ष नदिराम केसीले जानकारी दिनुभयो ।
नेपाल राष्ट्रिय मावि ढारवाङका कार्यालय सहयोगी समेत रहेका खत्रीले पढाई लेखाई बिना कुनैपनि काम सफल रुपमा पुरा गर्न नसकिने आफुमा चेतना आएकाले परिक्षामा सहभागी भएको बताउनुभयो । पहिले विभिन्न कारणले पढाई विचमा छोड्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै खत्रीले अहिले आएर शिक्षाको महत्व बुझेको समेत बताउनुभयो । त्यस्तै पछिल्लो समय पढाईमा भन्दा अन्य कुरामा ध्यान दिने विद्यार्थीहरुलाई शिक्षाको महत्व बुझाउन पनि आफु परिक्षामा सहभागी भएको उहाँको भनाई छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन देखि सरकारी कार्यालयको कार्यलय सहयोगी बन्नका लागी समेत एसएलसी पास गर्नु पर्ने प्राबधान सरकारले लागु गरेपछि रुकुममा पनि पाको उमेरमा एसएलसी दिनेको सँख्या वढ्दो छ ।