Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २२ गते, राति ९:२३ बजे
पश्चिमी रुकुम - RKM

नयाँ शक्ति नेपाल रुकुमको समिक्षा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

गणेश सिर्पाली/चैत्र–२३, रुकुम । नयाँ शक्ति नेपाल अन्तरिम जिल्ला परिषद रकुमको समिक्षात्मक बैठक मुसिकोटमा सम्पन्न भएको छ ।

जिल्ला संयोजक उपेन्द्रलाल कामीको अध्यक्षतामा बसेको बैठकले परिषदले हालसम्म गरेको विभिन्न कामको समिक्षा गरेको छ । बैठकले यहि चैत्र २६ गते देखि वैशाख २६ गते सम्म पहिलो चरणको १ महिने संगठन निर्माण अभियान चलाउने निर्णय गरेको छ ।

त्यस्तै जेठपहिलो हप्ता देखि दोश्रो चरणको अभियान चलाउने निर्णय गरेको बताईएको छ । बैठकमा केन्द्रिय परिषद सदस्य दिपेन्द्र विकको विशेष उपस्थिती रहेको सचिवालय सदस्य अर्जुन विकले जानकारी दिनुभयो ।