<p><b>मङ्सिर २०, लहान ।</b> सिरहाको लहान नगरपालिका–९ गोठटोलमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । <br></p><p>लहान नगरपालिका–९ गोठ टोलस्थित विन्देश्वर साहको घर नजिकै सकेट बम फेला परेको हो । फेला परेको सो सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । </p><p>संघीय समाजवादी फोरम नेपालका सक्रिय कार्यकर्तासमेत रहनुभएका साहले घर नजिकै बम देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । रासस </p>
December 6, 2017
समाज, सिराहा - SRH
सिरहामा सेनाको टोलीद्वारा सकेट बम निष्क्रिय
By kit
2 मिनेट पढाइ










