Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २३ गते, राति १०:२० बजे
पश्चिमी रुकुम - RKM

सिस्नेमा आगलागी, आगो नियन्त्रण गर्ने क्रममा २ जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

aagalagi newsगणेश सिर्पाली/चैत्र–२४, रुकुम । रुकुम सिस्ने १ बाछिमेला सामुदयी बनमा आगलागी हुँदा करिब ६ लाख बराबरको क्षेती भएको छ ।

यस्तै आगो नियन्त्रण गर्ने क्रममा २ जना सामान्य घाईते भएका छन् । घाईते हुनेमा सिस्ने ३ का गंगे वुढा र बेलमती वुढा रहनु भएको छ । आगो निभाउने क्रममा शरिरको सबै भागमा पोलेर वुढा सामान्य घाईते हुनुभएको छ भने बेलमती वुढा ढुङगा लागेर घाईते हुनुभएको छ ।

माथि बाट आएको ढुङगा लागेर वुढाको खुट्टामा सामान्य चोट लागेको बताईएको छ । घाईते दुबैको अहिले स्थानिय मेडिकलमा उपचार भैरहेकोे सिस्ने गाविस सहायक मोतिराम वुढाले जानकारी दिनुभयो ।

आगलागी हुँदा सामुदायकि वनको ५ हेक्टर भाग जलेको छ । त्यस ठाउँमा रहेका ३ वटा गोठ, एउटा देविको मन्दीर र वनमा पाईने बोटबिरुवा सबै जलेर नस्ट भएको बताईएको छ ।

स्थानिय कृष्ण वुढाले आप्नै काल्नोमा काँडा जलाउने लगाएको आगो नियन्त्रण बाहिर गएको बताईएको छ । मंगलबार बिहान ७ वजेदेखि लागेको आगो बेलुकी ६ वजे स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको हो ।