<p><b>मंसिर २१, डोटी । </b>जिल्लाको खापरमाण्डौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ । <br></p><p>दमको रोगी रहेकी पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । </p><p>मृतक दमको रोगी रहेको र उकालो बाटो चढ्दा मृत्यु भएको बताइएको छ । रासस </p>
मतदान गर्न जाने क्रममा डोटीमा एक महिलाको मृत्यु
By kit
1 मिनेट पढाइ










