४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

नरेन्द्रदिल युवा समुहको ५ औं वार्षिकोत्सव

२ बैशाख २०७३, बिहीबार २१:१६

गणेश सिर्पाली/वैशाख ३, रुकुम । रुकुमको चुनवाङ ८ मा रहेको नरेन्द्रदिल युवा समुहले आफ्नो ५ औं वार्षिकोत्सव मनाएको छ । खेलकुद सहित विभिन्न कार्यक्रमको आयोजना गरी समुहले वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा वडा स्तरिय पुरुष तथा महिला भलिबल, एकल नृत्य, एकल गायन, लोक दोहोरी, महिला रस्साकसी र घैटोफोर प्रतियोगीता संचालन गरिएको थियो ।

जसमा पुरुष भलिबलमा २१ ओटा समुहले प्रतिस्पर्धा गरेकामा चिनारी मयुर युवा समुह चुनवाङ ६ विजेता, दोभान युवा समुह चुनवाङ १ उपविजेता, हामी जोसिला युवा समुह चौखावाङ ९ र भलाक्चा ३ को समुह शान्त्वना भएका छन् ।

प्रतियोगीताको विजेताले १५ हजार, उपविजेताले १० हजार र शान्त्वना हुने २ समुहले ५/५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै महिला भलिबलमा ६ समुहले प्रतिस्पर्धा गरेकामा दोभान युवा समुह चुनवाङ १ विजेता बनेको छ ।

मिलन युवा समुह चुनवाङ ९ उपविजेता बन्दा मेलमिलाप युवा समुह महत ९ र आयोजक समुहले शान्त्वना स्थान हासिल गरेका छन् । महिला भलिबलको विजेताले ८ हजार, उपविजेताले ५ हजार र शान्त्वनाले ३/३ हजार नगद र प्रमाण पाएका छन् ।

अन्य प्रतियोगीतामा स्थान हासिल गर्नेलाई पनि पुरस्कृत गरिएको छ । एक कार्यक्रमको आयोजना गरी विजयी प्रतियोगीहरुलाई पुरस्कृत गरिएको हो । समुहका अध्यक्ष गोविन्द मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समुहका सल्लाहकार दिपक पुनले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ