२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

माईती जान नदिएको भन्दै वुहारीद्धारा सासुको हत्या

८ बैशाख २०७३, बुधबार ०८:०३

गणेश सिर्पाली/वैशाख–८, रुकुम । हँसिया प्रहार गरी सासुको हत्या गर्ने बुहारीलाई रुकुम प्रहरीले पक्राउ गरेको छ । सासु ७२ बर्षिय बिष्णु कुमारी खत्रीको हत्या गर्ने रुकुम मग्मा ५ की १८ वर्षिय सुनिता खत्रीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
sunita

माईत जान्छु भन्दा सासुले गाली गर्दै फलामको चिम्टाले हानेको र सोही रिसको झोकमा हँसियाले २ पटक टाउकोमा हान्दा घाईते भई छटपटाई रहेको अवस्थामा सासुको घाटी थिचि हत्या गरेको बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक रुपेश खड्काले जानकारी दिनुभयो । सुनिताले आफुले नै हत्या गरेको स्विकार गरिसकेको पनि डिएसपी खड्काले बताउनुभयो । सासुको हत्या गरी छिमेकी जेठाजु नाता पर्ने लाल बहादुर खत्रीलाई मेरो सासुलाई कसैले मारेको छ भन्दै झुठा खवर फैलाउने सुनितालाई पक्राउ गरी सुक्ष्म अनुसन्धान गरिएको प्रहरीको भनाई छ । सुनिताले हत्या गरेको स्विकारेको र घटनास्थलबाट बरामद भएको सबुदका आधारमा उनले नै हत्या गरेकाले जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भैरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै घटनामा प्रयोग भएको हँसिया सुनिताले आफ्नो कोठामा लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । सुनिताले गत बैशाख ५ गते राती ८ बजेको समयमा सासु बिष्णु कुमारीको हत्या गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र