2026-09-18 06:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

१५ वर्ष पछि मुसीकोट–चुनवाङ सडक निमार्णले पुर्णता पाउँदै

गणेश सिर्पाली/वैशाख २४, रुकुम । झण्डै पन्ध्र बर्षदेखि निर्माण शुरु भएर काम सम्पन्न हुन नसकेको रुकुमको मुसीकोट–चुनवाङ सडकमा अब चुनवाङ खण्डबाट पनि काम थालिने भएको छ ।

मुसीकोट खण्डबाट मात्रै काम शुरु गर्दा सडकले पूर्णता पाउन नसकेपछि राष्ट्रिय योजना आयोगबाट चुनवाङ–तातापानी–चुन–मुसीकोट योजना स्वीकृत गराएर काम थाल्ने तयारी गरिएको हो । अघिल्लो आर्थिक बर्षकै बजेटमा चुनवाङ–तातोपानी–चुन–मुसीकोट योजना उल्लेख गरिए पनि न्यून बजेटका कारण काम शुरु हुन सकेको थिएन ।

यसैबीच भर्खरै यो योजनाका लागि अर्थमन्त्रायले झण्डै दुई करोडको बजेट स्वीकृति गरी काम शुरु गर्ने सहमतिपत्र भौतिक योजना मन्त्रालयमा पठाएको छ । रुकुम २ का सांसद जनार्दन शर्मा ‘प्रभाकर’को सिफारिसमा चुनवाङ–तातापानी–चुन–मुसीकोट सडकका लागि १ करोड ९९ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ ।

तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुबर्षीय योजनाका लागि बजेट स्वीकृत भएको र संभवतः यही आर्थिक बर्षबाट काम थालिने योजना स्वीकृतिका लागि सक्रिय स्थानीय दीपक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार रोल्पाको कुंग्री खण्डबाट काम शुरु गरिने छ ।

यो बजेटबाट कुंग्रीदेखि रुकुमको सिमाना तल्लो टिलासम्म तीन बर्षभित्र सडक निर्माण गर्ने लक्ष्यका साथ काम शुरु गरिने छ । यो सडक निर्माण भएमा दाङको घोराहीबाट सहिद मार्गहुँदै रुकुम खण्ड जोडिने छ । अहिले रोल्पाको बाघमारासम्म गाडी सञ्चालन भइरहेका छन् ।

यसैबीच रोल्पाको दुइखोलीबाट चुनवाङ–रुकुमकोट–तक–हुकाम मैकोट–शहरताराका लागि पनि एक करोड ९९ लाख बजेट स्वीकृत भएको छ । त्यस्तै अर्मादली–खदी गोताम–जाजरकोटका लागि पनि एक करोड ९९ लाख बजेट स्वीकृत भएको छ । यी तीनवटै सडक रुकुम क्षेत्र नम्बर २ का सांसद शर्माको सिफारिसमा स्वीकृत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई