२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

घर फिर्ता लगिएका रोल्पाली बालकको निःशुल्क उपचार हुने

२०७२, १३ भाद्र आईतवार ०२:३८

भदौ १३, तुलसीपुर । अर्थाभावमा आफन्तले उपचार गर्न नसकेर घर फिर्ता लगेका रोल्पाका एक बालकलाई तुलसी हस्पिटल तुलसीपुरले आफ्नै खर्चमा उपचार गरिदिन लागेको छ ।

चार दिन अगाडि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका लागि आएका रोल्पा बुढागाउँ गाविस वडा नं ५ का ९ वर्षीय बालक टोपेन्द्र रानालाई तुलसी हस्पिटल तुलसीपुरले आफ्नै खर्चमा उपचार गरिदिन लागेको हो ।

मस्तिक ज्वरोबाट थलिएका बालक टोपेन्द्रलाई आफन्तले दुई दिनसम्म राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखेर उपचार गरेको र उपचारमा कुनै पनि सुधार नआएपछि घरपरिवारको दबाबमा बच्चालाई घरमा फिर्ता लगेको आमा कृष्णा रानाले जानकारी दिइन् ।

आफूसँग भएको रु १० हजार सबै सकिएपछि उनीहरु घर फर्किएका थिए। घर फर्किए पनि तुलसी हस्पिटल तुलसीपुरले यसअघि रोल्पाका एक बालकलाई निःशुल्क उपचार गरेको थाहा पाएपछि कृष्णा साहुबाट रु छ हजार लिएर ऋण गरेर दाङ आएकी थिइन्। छ हजार पनि सकिएपछि अचेत अवस्थामा उपचाररत बालकलाई आफन्तले घर लैजाने तयारी गरिरहेका बेला अस्पतालका डा किशोर खत्रीले नलैजान आग्रह गरेका हुन् ।

चार वर्ष अगाडि श्रीमान् गुमाइसकेकी कृष्णाले घरको आर्थिक अवस्था निकै कमजोर रहेको र त्यसमा पनि सासूलगायत अस्पतालभन्दा धामीझाँक्रीकहाँ दबाब दिएको बताइन्।

उनले भन्नुभयो – “मस्तिष्क ज्वरोले अचेत अवस्थामा रहेका बालकको उपचार गरेमा ज्यान बच्न सक्छ । तपाई नआत्तिनुस्, यदि पैसा नभए आफ्नै खर्चमा पनि म उपचार गरिदिन्छु भन्नुभए अनुसार बालकको अहिले आइसियुमा उपचार भइरहेको छ । ”

“रु ५० हजारसम्म अस्पतालका तर्फबाट औषधि खर्च गर्न म तयार छु,” डा खत्रीले भने – “बाँकी रकम अन्य कुनै महानुभावले सहयोग गरिदिए हुन्थ्यो ।”

दुई दिनसम्म अचेत अवस्थामा रहेका बालकलाई पाइपमार्फत नाकबाट खाना खुवाइएको छ । बच्चाले तेस्रो दिन आज आँखा, हातखुट्टा, चलाउन थालेपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन