2026-06-28 09:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

पुष २७, रोल्पा / रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन्।

सेरम–१ ठूलोगाउँका २९ वर्षीय पुर्णबहादुर विकको मोटरसाइकल दुर्घटनामा हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केशव बहादुर बस्नेतले बताए ।

दुर्घटनामा परि घाइते भएका विकलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लैजाने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार विक सवार लु। ५ प। ६६५७ को मोटरसाइकल खुंग्री–३ गोदुङमा दुर्घटनामा परेको हो ।

मोटरसाइकल तिब्र गतिमा चलाएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । मोटरसाइकल सडकबाट करिव ३० मिटर तल झरेको प्रहरीले जानकारी दिएको छ । रातको समयमा विक प्युठानको चकचके देखि रोल्पाको सुलिचौर तर्फ आउँदै गर्दा दुर्घटनामा परेका हुन ।

विकसँगै मोटरसाइकलमा सवार जैमाकशला–८ की ४५ वर्षीय फुलमति विक गम्भीर घाइते भएकी छिन ।

फुलमतिको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार चालककै लापरबाहीको कारणले जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढेर गएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी