४ फाल्गुन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

२७ पुष २०७२, सोमबार ००:३७

पुष २७, रोल्पा / रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन्।

सेरम–१ ठूलोगाउँका २९ वर्षीय पुर्णबहादुर विकको मोटरसाइकल दुर्घटनामा हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केशव बहादुर बस्नेतले बताए ।

दुर्घटनामा परि घाइते भएका विकलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लैजाने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार विक सवार लु। ५ प। ६६५७ को मोटरसाइकल खुंग्री–३ गोदुङमा दुर्घटनामा परेको हो ।

मोटरसाइकल तिब्र गतिमा चलाएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । मोटरसाइकल सडकबाट करिव ३० मिटर तल झरेको प्रहरीले जानकारी दिएको छ । रातको समयमा विक प्युठानको चकचके देखि रोल्पाको सुलिचौर तर्फ आउँदै गर्दा दुर्घटनामा परेका हुन ।

विकसँगै मोटरसाइकलमा सवार जैमाकशला–८ की ४५ वर्षीय फुलमति विक गम्भीर घाइते भएकी छिन ।

फुलमतिको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार चालककै लापरबाहीको कारणले जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढेर गएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिग्रिएर रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो रहने छ कार्यसूची ! थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा भारतलाई हराउँदै नेपालले जित्यो उपाधि नयाँदिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते प्रतिनिधिसभा बैठक आज बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय