१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

माओवादीले बिस्र्यो आफैले बनाएको अस्पताल

४ फाल्गुन २०७२, मंगलवार ०८:४८

कुलदीप न्यौपाने/ फागुन ४, ओत (रोल्पा) । माओवादीले युद्धकालमा रोल्पाको ओत घोर्नेटीमा स्थापना गरेको जननमूना अस्पताल उद्देश्यअनुरुप प्रयोगमा आउन नसकेपछि यहाँ निर्माण गरिएका करोडौंका भौतिक संरचनाहरु त्यसै खेर गएका छन् ।

माओवादीले युद्धकालमा दुई बर्ष लगाएर पार्टीको लगानी र जनश्रमदानबाट करोडौं मूल्य पर्ने पाँचवटा पक्की भवन बनाएको थियो । शान्ति प्रक्रियालगत्तै २०६३ सालमा उद्घाटन गरेर केही बर्ष माथिल्लो तहको सेवा दिए पनि हाल यो अस्पताल सामुदायिक स्वास्थ्य इकाइमा परिणत भएपछि करोडौंका संरचना त्यसै खेर गएका छन् ।
rolpa 4सडकदेखि टाढा रहेको यो अस्पताल युद्धकालमा माओवादीले केन्द्रीय नमूना अस्पताल र मेडिकल कलेज बनाउने उद्देश्यसहित शुरु गरेको थियो । यसमा पश्चिम नेपालका अधिकांश जिल्लाबाट रकम तथा जनश्रम केन्द्रित गरेर करोडौंको लगानीमा भवन र प्रांगन निर्माण गरिएको थियो । केही बर्षसम्म माओवादी पार्टीले नै लगानी गरेर यो अस्पताल चलाएको थियो । जसमा दुइ बर्षसम्म नर्वेका चिकित्सक स्वयंसेवीरुपमा यहाँ बसेका थिए भने प्रत्येक तीन तीन महिनामा जापानबाट पनि चिकित्सक आउने गरेका थिए । तर, पछिल्लो समयमा यसलाई स्वयंसेवी अस्पतालभन्दा पनि सानो सरकारी इकाइको परिणत गरेपछि बिदेश चिकित्सकहरु आउन छाडेको स्थापनाकालदेखि कार्यरत स्वास्थ्यकर्मी रुपकला घर्तीले जानकारी दिनुभयो ।

rolpa 5
पहिले पार्टीले सञ्चालन गरेको बेला स्वयंसेवीरुपमा बिदेशी डाक्टर आउँथे, अब सरकारी इकाइमा परिणत गरेपछि उनीहरु आउन छाडेका छन्, उहाँले भन्नुभयो, अन्तर्राष्टियस्तरका चिकित्सकले सेवा दिने यति ठूलो राष्टियस्तरकै अस्पताल सामुदायिक इकाइमा परिणत भएपछि विदेशी डाक्टरहरु असन्तुष्ट बनेर आउन छाडे, जापानका ती डाक्टर अहिले बरु स्वयंसेवकको रुपमा थवाङ जाने गरेका छन् ।

बिदेशी चिकित्सकहरु रहँदा भिडियो एक्सरेदेखि माइनर अप्रेसनसम्मका सेवा दिने गरेकोमा अहिले सामान्य रुघाखोकीको उपचार र सामान्य प्रसुति सेवा मात्र दिइने गरेको उहाँले जानकारी दिनुभयो । हाल यो इकाइमा एक अहेव, एक अनमि र एक सहयोगी मात्र रहेका छन् । कुनै बेला दैनिक दुई सयसम्मले उपचार गराउँथे, स्वास्थ्य जाँचका लागि अघिल्लो दिन नै नाम लेखाउनुपथ्र्यो तर अहिले मुश्किलले दश जनासम्म दैनिक आउने गरेका छन्, उहाँले थप्नुभयो ।

rolpa 2
रोल्पाको दुर्गम क्षेत्रमा पर्ने उत्तरपश्चिमका सबै गाविस, सल्यान र रुकुमबाटसमेत यहाँ उपचार गर्न आउनेहरुको ठूलो भीड रहने गरे पनि अहिले भने आसपासका सामान्य विरामी मात्र आउने गरेका छन् । यति ठूलो भौतिक संरचना भएकाले फेरि पनि सेवा सुविधा पुनर्वहाली हुनुपर्ने स्थानीयको माग छ । हिजो अस्पताल स्थापना गर्ने माओवादी अहिले सरकारमा गएकाले सरकारबाट कम्तीमा पनि जिल्ला अस्पतालसरहको सेवा सुविधा यहाँबाट प्रवाह गर्नुपर्ने स्थानीय बताउँछन् । माओवादी नेताहरु गाउँ आउन छाडेसँगै यो अस्पतालको स्तर घटेको भन्दै ओत ४ रोल्पाका मने खड्काले फेरि नेताहरुलाई गाउँ फर्कन र आफैले करोडौं रकम लगाएर बनाएको पूर्वाधारको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

rolpa 3

अर्का स्थानीयवासी ओमबहादुर खड्काले यो अस्पतालबाट रोल्पा, रुकुम र सल्यानका जनतालाई सेवा दिन सकिने भएकाले त्यहीअनुरुपको सेवा सुविधा बढाउन माग गर्नुभयो । यहाँ मनोरम दृश्य र नजिकमा बांगेताललगायतका युद्धकालका तालिमकेन्द्र पनि नजिकै रहेकाले यसलाई सेवासुविधा बृद्धिसँगै युद्ध पर्यटकीयस्थलको रुपमा विकास गर्न पनि स्थानीयले माग गरेका छन् । त्यसो त यही क्षेत्रको आसपासमा लामो समयसम्म प्रचण्डलगायतका माओवादी नेताहरु बसेको र शान्ति प्रक्रिया शुरुहुँदै यहीनजिकको लोसेवाङमा अन्य पार्टीका नेताहरुसँग वार्ता भएको भन्दै स्थानीयवासीले यो ऐतिहासिक ठाउँलाई नभुल्न माओवादी नेताहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का