२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

माओवादीले बिस्र्यो आफैले बनाएको अस्पताल

२०७२, ४ फाल्गुन मंगलवार ०८:४८

कुलदीप न्यौपाने/ फागुन ४, ओत (रोल्पा) । माओवादीले युद्धकालमा रोल्पाको ओत घोर्नेटीमा स्थापना गरेको जननमूना अस्पताल उद्देश्यअनुरुप प्रयोगमा आउन नसकेपछि यहाँ निर्माण गरिएका करोडौंका भौतिक संरचनाहरु त्यसै खेर गएका छन् ।

माओवादीले युद्धकालमा दुई बर्ष लगाएर पार्टीको लगानी र जनश्रमदानबाट करोडौं मूल्य पर्ने पाँचवटा पक्की भवन बनाएको थियो । शान्ति प्रक्रियालगत्तै २०६३ सालमा उद्घाटन गरेर केही बर्ष माथिल्लो तहको सेवा दिए पनि हाल यो अस्पताल सामुदायिक स्वास्थ्य इकाइमा परिणत भएपछि करोडौंका संरचना त्यसै खेर गएका छन् ।
rolpa 4सडकदेखि टाढा रहेको यो अस्पताल युद्धकालमा माओवादीले केन्द्रीय नमूना अस्पताल र मेडिकल कलेज बनाउने उद्देश्यसहित शुरु गरेको थियो । यसमा पश्चिम नेपालका अधिकांश जिल्लाबाट रकम तथा जनश्रम केन्द्रित गरेर करोडौंको लगानीमा भवन र प्रांगन निर्माण गरिएको थियो । केही बर्षसम्म माओवादी पार्टीले नै लगानी गरेर यो अस्पताल चलाएको थियो । जसमा दुइ बर्षसम्म नर्वेका चिकित्सक स्वयंसेवीरुपमा यहाँ बसेका थिए भने प्रत्येक तीन तीन महिनामा जापानबाट पनि चिकित्सक आउने गरेका थिए । तर, पछिल्लो समयमा यसलाई स्वयंसेवी अस्पतालभन्दा पनि सानो सरकारी इकाइको परिणत गरेपछि बिदेश चिकित्सकहरु आउन छाडेको स्थापनाकालदेखि कार्यरत स्वास्थ्यकर्मी रुपकला घर्तीले जानकारी दिनुभयो ।

rolpa 5
पहिले पार्टीले सञ्चालन गरेको बेला स्वयंसेवीरुपमा बिदेशी डाक्टर आउँथे, अब सरकारी इकाइमा परिणत गरेपछि उनीहरु आउन छाडेका छन्, उहाँले भन्नुभयो, अन्तर्राष्टियस्तरका चिकित्सकले सेवा दिने यति ठूलो राष्टियस्तरकै अस्पताल सामुदायिक इकाइमा परिणत भएपछि विदेशी डाक्टरहरु असन्तुष्ट बनेर आउन छाडे, जापानका ती डाक्टर अहिले बरु स्वयंसेवकको रुपमा थवाङ जाने गरेका छन् ।

बिदेशी चिकित्सकहरु रहँदा भिडियो एक्सरेदेखि माइनर अप्रेसनसम्मका सेवा दिने गरेकोमा अहिले सामान्य रुघाखोकीको उपचार र सामान्य प्रसुति सेवा मात्र दिइने गरेको उहाँले जानकारी दिनुभयो । हाल यो इकाइमा एक अहेव, एक अनमि र एक सहयोगी मात्र रहेका छन् । कुनै बेला दैनिक दुई सयसम्मले उपचार गराउँथे, स्वास्थ्य जाँचका लागि अघिल्लो दिन नै नाम लेखाउनुपथ्र्यो तर अहिले मुश्किलले दश जनासम्म दैनिक आउने गरेका छन्, उहाँले थप्नुभयो ।

rolpa 2
रोल्पाको दुर्गम क्षेत्रमा पर्ने उत्तरपश्चिमका सबै गाविस, सल्यान र रुकुमबाटसमेत यहाँ उपचार गर्न आउनेहरुको ठूलो भीड रहने गरे पनि अहिले भने आसपासका सामान्य विरामी मात्र आउने गरेका छन् । यति ठूलो भौतिक संरचना भएकाले फेरि पनि सेवा सुविधा पुनर्वहाली हुनुपर्ने स्थानीयको माग छ । हिजो अस्पताल स्थापना गर्ने माओवादी अहिले सरकारमा गएकाले सरकारबाट कम्तीमा पनि जिल्ला अस्पतालसरहको सेवा सुविधा यहाँबाट प्रवाह गर्नुपर्ने स्थानीय बताउँछन् । माओवादी नेताहरु गाउँ आउन छाडेसँगै यो अस्पतालको स्तर घटेको भन्दै ओत ४ रोल्पाका मने खड्काले फेरि नेताहरुलाई गाउँ फर्कन र आफैले करोडौं रकम लगाएर बनाएको पूर्वाधारको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

rolpa 3

अर्का स्थानीयवासी ओमबहादुर खड्काले यो अस्पतालबाट रोल्पा, रुकुम र सल्यानका जनतालाई सेवा दिन सकिने भएकाले त्यहीअनुरुपको सेवा सुविधा बढाउन माग गर्नुभयो । यहाँ मनोरम दृश्य र नजिकमा बांगेताललगायतका युद्धकालका तालिमकेन्द्र पनि नजिकै रहेकाले यसलाई सेवासुविधा बृद्धिसँगै युद्ध पर्यटकीयस्थलको रुपमा विकास गर्न पनि स्थानीयले माग गरेका छन् । त्यसो त यही क्षेत्रको आसपासमा लामो समयसम्म प्रचण्डलगायतका माओवादी नेताहरु बसेको र शान्ति प्रक्रिया शुरुहुँदै यहीनजिकको लोसेवाङमा अन्य पार्टीका नेताहरुसँग वार्ता भएको भन्दै स्थानीयवासीले यो ऐतिहासिक ठाउँलाई नभुल्न माओवादी नेताहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता