पर्वत ।जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतले न्याय खोज्न आएका एक शिक्षकको उजुरी दर्ता गर्नको लागि आनाकानी गरेको छ । बाच्छामा रहेको जनप्रिय प्राविका प्रअ शिवबहादुर पाठकमाथि गत आइतबार फलेवास नगरपालिका ११ अम्डीमा  कुटपिट भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतले न्याय खोज्न आएका एक शिक्षकको उजुरी दर्ता गर्नको लागि आनाकानी गरेको छ । बाच्छामा रहेको जनप्रिय प्राविका प्रअ शिवबहादुर पाठकमाथि गत आइतबार फलेवास नगरपालिका ११ अम्डीमा  कुटपिट भए"/>
2026-09-19 10:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मान्छे मार्ने नियतले कुटपीट हुदाँ समेत प्रशासन र प्रहरीले उजुरी दर्ता गरेन

पर्वत ।जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतले न्याय खोज्न आएका एक शिक्षकको उजुरी दर्ता गर्नको लागि आनाकानी गरेको छ । बाच्छामा रहेको जनप्रिय प्राविका प्रअ शिवबहादुर पाठकमाथि गत आइतबार फलेवास नगरपालिका ११ अम्डीमा  कुटपिट भएको     थियो । टाउकोमा गम्भीर चोट लाग्ने      गरी कुटपीट गरेको र  सात वटा टाँका समेत लगाएको भएपनि पीडीत पक्षको     कुरा नसुनी प्रशासन र जिल्ला प्रहरी कार्यालयले मुद्धा दर्ता गर्नको लागि आनाकानी गरेको पीडित शिक्षकको आरोप छ ।  पुरानो रिसिवी साध्न नेपाली काँग्रेस फनपा ११ का कोषाध्यक्ष हर्कबहादुर कँडेल र सोमबहादुर कँडेल क्षेत्रीले  उनीमाथि ज्यानमार्ने नियत राखि हमला     गरेको उनको आरोप छ ।

पीडित पक्षलाइ न्याय दिनुको सट्टा प्रशासन र प्रहरीले पीडित पक्षको कुरानै नसुनि पिडक पक्षको एक तर्फी कुरा सुनी थप पीडा दिएको भन्दै शिक्षक पाठकले विज्ञप्ती मार्फत आफूले न्याय नपाएको गुनासो गरेका छन् । पिडित शिक्षक पाठकले खुलेआम सार्वजनिक स्थानमा एक शिक्षक मरणसन्न हुने गरी कुटिदाँ पनि न्याय पाउन नसकेको विज्ञप्तीमा उल्लेख गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय पर्वतका  डिएसपी दिलिप घिमिरेले दोषी स्वयम पीडित भएनिका व्यक्ति शिक्षक पाठकनै भएको बताएका छन् ।

रक्सी सेवन गरी तीन जना एकाआपसमा झगडा गरेको स्थानीयलाई उदृत गर्दै उनले भने । हामीले दोषि भनिएका व्यक्ति, स्थानीयबासी, वडा अध्यक्ष सवैलाई छलफलमा राखेर घटनाको बारेमा बुझेका थियौं । घटनाको बारेमा बुझ्दा चोट शिक्षक पाठक माथि लागेपछि घटनाको मुख्य जड शिक्षकनै रहेको उनले बताए ।सवै प्रक्रिया र सहमति मिलेपछि मात्रै हामीले मुद्धा दर्ता नगरी सहमतिमानै टुंगाएका हौ उनले     भने । उनले जिल्लामा हुने अधिकांश घटनाहरुको मुख्य जड मदिरा भएको बताए । हामी कहाँ जतिपनि घटनाहरु आउँछन त्यसको ८० प्रतिशत घटना मदिरासँग जोडिएका छन् । उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई