३० माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा ७ दिने आधारभुत पत्रकारिता तालिम शूरु

२४ चैत्र २०७२, बुधबार ०५:३४

विनोद डाँगी, चैत्र २४, रोल्पा  । 

सामुदायिक रेडियो मालश्री १००.५ मेगाहर्जको आयोजनामा आजबाट ७ दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । तालिमको आज एक कार्यक्रमका विच प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष हरिहर विरहीले ७ वटा मैनबत्ति बालेर उद्घाटन गर्नुभएको हो ।

७ दिने तालिममा पत्रकारिताका आधारभुत कुराहरु सिकाइने बताइएको छ । तालिममा लागि विशेषगरी युवापुस्ताको बाक्लो सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै बक्ताहरुले पत्रकारीता क्षेत्रमा पछिल्लो समय युवापुस्ताले देखाएको सक्रियताले आफुहरु खुशि भएको बताउनु भएको छ । जिल्लाको समग्र पत्रकारिताको विकासका लागि मालश्री रेडियोले चालेको यो कदमप्रति सबैले शुभकामना व्यक्त गर्नूभएको छ । कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक तुला अधिकारीले तालिम लिएर मात्र नभई व्यवहारमा पनि उतार्न जरुरी भएको बताउनुभएको छ ।

समाचार लेखेर मात्र नहुने भन्दै उहाँले समाचारको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । ७ दिने तालिम लिएर सहभागिहरुले गाउँमा र सहर बजारमा लुकेर रहेका खोजमुलक समाचारलाई बाहिर ल्याउनेमा कुनै शंका नरहेको बताउनुभएको छ । कार्यक्रममै बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ र प्रेश काउन्सिल नेपालका पुर्व अध्यक्ष हरिहर विरहिले पत्रकारीता क्षेत्रमा काम गर्नका लागि यस्ता खालका तालिम महत्वपुर्ण हुने बताउनुभयो । सुनेको भरमा गरिने पत्रकरिता भन्दा खोजमुलक पत्रकारितामा जोड दिनुपर्ने उहाँले बताउनुभयो । जिल्लामा भर्खरै स्थापना भएको रेडियोले जिल्लामा पत्रकारिताको विकासका लागि ७ दिने आधारभुत पत्रकारिता तालिमको संचालन गरेको जनाएको छ ।

कार्यक्रममा विशिष्ट अतिथी सहायक प्रमुख जिल्ला अधिकारी अनुनय वास्तोला, रेडियोका सल्लाहकार कृष्ण बहादुर घर्तिमगर र बरिष्ठ पत्रकार कविर राणा रहनुभएको छ । साथै अन्य अतिथीहरुमा नेपाली काग्रेंस रोल्पाका कार्यबाहक अध्यक्ष खट्कबहादुर खत्रि , एमाले रोल्पाका सचिव ओमराज घर्तीमगर, एमाओवादी अध्यक्ष सुरेन्द्र घर्तिमगर, राप्रपा नेपालका उपाध्यक्ष पुर्णे पुन, राप्रपा नेपालका जिल्ला सदस्य कर्णपाल पुन, जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ बिष्ट, पत्रकार महासंघका अध्यक्ष महेश न्यौपाने, निवर्तमान अध्यक्ष मौसम रोकामगर, पुर्व अध्यक्ष खेम बुढा, संस्थापक अध्यक्ष काशिराम डाँगी, गैसस रोल्पाका अध्यक्ष कर्ण बाठाँ, उद्योग बाणिज्य संघ रोल्पाका महासचिव रामचन्द्र थापा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशव बहादुर बस्नेत तथा जिल्लामा क्रियाशिल सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, जिल्लामा क्रियाशिल पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । \७ दिने पत्रकारिता तालिमको प्रशिक्षकहरुमा बरिष्ठ पत्रकारहरु सामुदायिक रेडियो प्रसारक संघ अकोर्यावका लेखा समिति संयोजक तुला अधिकारी, कृष्णसार एफएम नेपालगंजका बरिष्ठ कार्यक्रम प्रस्तोता माधव अधिकारी, सामुदायिक सुचना नेटवर्क सिआइएन का बरिष्ठ कार्यक्रम उत्पादक लिल प्रकास चन्द रहनुभएको छ । कार्यक्रममा स्वागत मन्तव्य श्री कुमारी रोकाले दिनुभएको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता रेडियो संचालक समितिका अध्यक्ष विश्व कुमार चन्दले गर्नुभएको थियो भने संचालन स्टेशन मेनेजर डी.बी.टुहुरोले गर्नुभएको थियो । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको संवाहकको नारा लिएर स्थापना भएको रेडियो मालश्री अब छिट्टै नियमित प्रशारणमा जाने रेडियोले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार झापामा एक जनाको नाममा अर्काले लाइसेन्सको ट्रायल दिँदै गर्दा दुवै जना पक्राउ एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि पीडित बालिकासँग माफी माग्दै बालेनले भने– नआत्तिनु, समय आउनेछ! बैठकमा मनिष झाको प्रश्न- वर्षाैं जेल बसेर बाहिर आउँदा नेताहरुकाे एकाएक महल कसरी ठडियो ? सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जसपाको निर्णयले अफ्ट्यारोमा सरकार कानुनी रुपमै अलग भए गायिका एलिना र बिष्णु अब इसेवामा रहेको पैसा एनआइसी एसिया बैंकको एटिएमबाट पनि निकाल्न सकिने बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय सार्वजनिक प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ? पाथीभरामा केबलकार निर्माणविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान