२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

दलितको दुध नबिकेपछी…

२०७४, १ पुष शनिबार १५:३६

पुस १, बझाङ | जिल्लाका दलित समुदायका कृषकहरुलाई यतिखेर बजारमा दुध विक्री गर्न निकै समस्या हुने गरेको छ ।

समाजमा जातिय छुवाछुत अझै कायम रहेकै कारण दलित वर्गले छोएको दुध अन्य वर्गले नपिउने हुदा उनीहरुलाई दुध विक्री गर्न समस्या भएको स्थानिय बासीहरु बताउछन । जिल्लामा अन्य वर्ग जस्तै ग्रामीण भेगका दलित वर्गका किसानहरुले पनि गाई तथा भैसीपालन गर्दे आएका छन् ।

दलित वर्गले उत्पादन गरेको दुध बजारमा विक्री नहुने गरेपछि सदरमुकाम चैनपुर लगाएत आसपासका बजारमा उपल्ला जातीले उत्पादन गरेको दुध मात्र विक्री हुने गरेको पाईन्छ । 

दलित वर्गले उत्पादन गरेको दुध उन्य जातीले किन्न नमान्ने र दलित वर्गलाई समेत आफुले उत्पादन गरेको दुध तथा दही दिन नमान्ने यहाँको परम्परा जिवितै देख्न पाइन्छ । दलित वर्गलाई घरआगन सम्म पनि छुन नमिल्ने यहाँका ग्रामीण भेगमा पुरानो परम्परा अझै कायममै छ ।

यसरी ठुलो मेहनतका साथ उत्पादन गरेको दुध बजारमा विक्री नभएपछि आफुहरु मारमा परेको दलित किसानहरुको गुनासो छ ।

जयपृथ्वी नगर पालिका ७ का एक दलित कृषकले भने, मंगलवार आफुले बजारमा विक्री गर्न भनी लिएको २ लिटर गाईको दुध कसैले पनि नलिएपछि घरमा फिर्ता गरेको बताउनुभयो । 

उनले दुधमा के जातियताको कसुर छ, दलितको हातको दुध विक्री नहुने गुनासो पोखे । ग्रामीण भेगमा गाई तथा भैसी पालन गर्दै आएका दलित किसानलाई एकातिर खरपातको समस्या छ भने अर्कातिर उत्पादन गरेको दुध दही तथा घिउ विक्री नहुने समस्या छ । 

जिल्लामा गैर दलितले उत्पादन गरेको गाई तथा भैसीको दुध बजारमा प्रति लिटर रु ८० का दरले विक्री हुने गरेको छ । दुध तथा दही विक्री गर्न दिनहु दलित बाहेक अन्य वर्गका किसानहरुको बजारमा भिड लाग्ने गरेको देखिन्छ । तर जिल्ला कृषि तथा पशुसेवा कार्यालयहरुले समेत पशुपालन ब्यवसाय जस्ता कार्यक्रम उपल्ला जातीलाई मात्र दिने गरेको पाईन्छ ।

 दलित किसानहरुको समस्यालाई मध्यनजर गर्दै उनीहरुको ब्यवसायमा सहजता ल्याउन राज्यले बजार ब्यवस्थापन गर्न जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक