२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

निर्वाचनका लागि खटाइएका शसस्त्र प्रहरी फर्काईदै

२०७४, २ पुष आईतवार १०:५५

टेक शाही | पुस २, डोल्पा (साझासवाल) | मँसिर १० मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागी सुरक्षामा खटाइएका शसूत्र प्रहरी फर्काईदै छ । डोल्पा जिल्लाका बिभिन्न क्षेत्रमा निर्वाचनका लागि सुरक्षाका गर्न खटाइएका शसस्त्र प्रहरिलाइ डोल्पाबाट क्षेत्रमा फर्काइएको हो । 

कोहलपुरमा रहेको क्षेत्रिय गणबाट डिएसपीको नेतृत्वमा ५० जना शसस्त्र प्रहरी डोल्पा सदरमुकाम दनुैमा नेपाली सेनाको हेलिकप्टरले पुराएको थियो । करिव साढे एक महिना सम्म क्याम्प राखेर बसेको एपीएफले निर्वाचनमा भरपूर सुरक्षा दिएको जिल्ला सुरक्षा समितिका सँयोजक प्रमूख जिल्ला अधिकारी केशबराज आचार्यले जानकारि दिए । उनले भने नेपाली सेना, एपीएफ,नेपाल प्रहरी र म्यादी प्रहरीको तिन सुरक्षा घेरामा सुरक्षा दिएर शान्त पूर्वक निर्वाचन सम्मपन्न भएको बताए । 


एपीएफको डोल्पा जिल्लामा कुनै गुल्म तथा ब्यारेक भने स्थापना भएको छैन । निर्वाचन हुदा त सुरक्षाको लागि अनिवार्य जस्तै भए पनि हरेक बर्ष एपीएफ डोल्पा आउन पर्ने बाध्यता रहेको छ । बैशाखको पहिलो साताबाट हिमाली पाटनमा पाइने यार्सा गुम्बा सँकलनमा जानेहरुका लागि सुरक्षा दिन एपीएफ डोल्पाका आउने गर्दछ । 

आज भन्दा तिन बर्ष पहिले देखि नै जिल्लाको सर्वदलिय बैठकले एपीएफको एक टुकडी डोल्पा जिल्लामा हुनु पर्ने भन्दै केन्द्रमा माग गरे पनि त्यसको सुनुवाइ भने नभएको जिल्लाका राजनितिक दलहरु बताउछन । नेपाली सेनाले राष्ट्रिय निकुञ्जको मात्र संरक्षण गर्ने, नेपाल प्रहरीले सबै क्षेत्रमा सुरक्षा दिन कठिन हुने र थप सुरक्षाको लागी एपीएफ पनि आवास्यक भएको जिल्ला सुरक्षा समितिको दावी रहेको छ । 

डोल्पा जिल्ला भौगोलिक रुपमा ठुलो जिल्ला भएको कारण सुरक्षा चुनौति पनि धेरै रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारि दिएको छ । उच्च हिमाली जिल्ला भएको कारण पनि प्रहरीले सहजै रुपमा जनताको भने जस्तो सुरक्षा प्रदान गर्न नसकेको र भौगोलिक बिकटताको अबस्था हेर्दा हदै सम्मको सुरक्षा प्रदान गरेको प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले बताए । 


सुरक्षा चुनौति धेरे भएको कारण देशका सबै सुरक्षा निकायका सुरक्षा हुन जरुरी रहेको नागरिकको भनाइ रहको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी