2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको भाेर्लेनी सामुदायिक बनमा अागाेलागी, नियन्त्रण गर्न कठिन (तस्बिरसहित)

प्रज्वल पाैडेल/पुस ३, रामेछाप । रामेछापको लिखु गाउँपालिका -२ स्थित सैपुकाे सामुदायिक बनमा अागाेलागी भएकाे छ । 

साेमबार विहान करिब ३/४ बजेबाट भाेर्लेनी सामुदायिक बनमा निरन्तर डडेलाे लागेकाे हाे । करिब १२० हेक्टर क्षेत्रफल रहेकाे साे बनमा अहिलेसम्म करिब १०० राेपनि भन्दा बढी क्षेत्रफलमा अागाे लागेर जंगलका बुट्यानहरू नष्ट भईसकेकाे सामुदायिक बन उपभोक्ता समितिका काेषाध्यक्ष टीका प्रसाद पाैडेलले जानकारी दिए । 

सैपुका स्थानीयले विहान ९ बजे अागाे निभाएर फर्किएपनि पुन: सल्केर अागाे फैलिएपछि सैपुका मावि विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय उपभोक्ता सक्रिय हुदाँ समेत अागाे नियन्त्रणमा लिन कठिन भएकाे उनले बताए । 

दिउसो अागाेलाई पुन निभाएपनि अहिले बेलुकीकाे समयमा पनि जंगलमाथि साना- साना धुवाँकाे मुस्लाे देखिरहेकाे सामुदायिक बनका सचीव छविरमण निराैलाले जानकारी दिए । 

विशेषगरी सल्ला हुने क्षेत्रमा अागाे लागि भएकाले सल्लिपिरकाे भित्री भागमा अागाे रहिरहदा जङगलमा आगो निभाउन असहज भएको सचिव निराैलाले बताए । उनले भने – ‘ सल्लाकाे वाक्लाे पत्करमा कहाँ अागाे लुकेकाे हुन्छ र पछि देखा पर्छ, सल्लाकाे गेडा बल्दै गुड्दा पनि फैलिन्छ, धेरै स्थानमा नियन्त्रणमा अाईसकेकाे छ ।’

अागाे पुरानाे स्कुल, घ्याम्पागाढे, राम्चे, भदाैरे लगाएतकाे क्षेत्रमा लागेकाे हाे । गाविस भवन मुनिकाे चण्डेश्वरी उमाविकाे पुरानाे भवन हुँदै वेशी झर्ने अाेरालाे बाटाेमा विहानी पख हिड्ने पैदल यात्री अागाे लगाउदै हिडेकाे अनुमान स्थानीयले गरेका छन् । 

उनीहरूले बाटाेकाे दायाँबायाँ विभिन्न स्थानमा अागाे लगाउदै निभाउदै गरेकाे धेरै ठाउँमा भेटिएको बताएका छन् । अागाे एउटै स्थानबाट नभई फरक फरक स्थानबाट सल्किएकाे छ ।

सामुदायिक बनमा अागाे कसले लगाएकाे हाे पत्ता अझै नलागेकाे र अनुसन्धान जारी राखिएको बताइएको छ । यस अगाडि लागेकाे अागाेले पनि ठुलाे बन विनास भएकाे थियाे ।

तस्विर/सुशील पाैडेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई