2026-08-29 11:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

घर सुधार गराएर अनुदान दिन धादिङका हात्तीपाइले पीडितको माग

पुस ५, धादिङ । हात्तीपाइले लागेर समस्यामा परेका गाउँवासीले गाउँमा प्राविधिक नआएकाले आफूहरुले सरकारले तोकेको १७ मोडेलको घर सुधार गरेर भएपनि अनुदान दिन माग गरेका छन् । 

इन्सेक र गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँवासीले भूकम्प प्रभावितका बनेका घरको सबै घरको रकम दिन माग गरेका हुन् । 

त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित गाउँबस्ती अधिकांश कुमाल र दराइको बस्ती रहेका छन् । हात्तीपाइले प्रभावित गाउँ भएकाले उनीहरुले प्रविधिको अभावमा निर्माण गरेका घरको पनि सरकारले दिने अनुदान रकम उपलब्ध गराउन गाउँवासीले माग गरेका छन् । 

जिल्लामै सबैभन्दा कम दोस्रो किस्ता पाउने गाउँका रुपमा रहेको यस वडाका ८८४ लाभग्राही रहेका थिए । ८५४ जनाले पहिलो किस्ता रकम पाएकोमा ३४ जनाले मात्र दोस्रो किस्ताको रकम पाएको त्रिपुरासुन्दरी गाउँपालिकामा कार्यरत पुनःनिर्माण प्राधिकरणका प्राविधिक इञ्जिनियर सुनिलकुमार श्रेष्ठले बताउनुभएको छ । 

गाउँवासीले निर्माण गरेका घर प्राविधिक रुपले नहुने भए सच्याउन र मिलाउन गाउँवासी तयार रहेको तर सबै घरलाई अनुदान दिन माग गर्दै आवश्यक प्रक्रिया पु¥याउन गाउँपालिकालाई समेत आग्रह गरेका थिए । 

वडाध्यक्ष भोजबहादुर रिजाल र कृष्णबहादुर खत्रीले गाउँपालिका र वडाले प्राविधिकलाई परेको समस्या समाधान गर्न र नीतिसमेत बनाएर लागू गर्न तयार रहेको तर नागरिकले बनाएका सबै घरलाई अनुदान दिने गरी सिफारिश गर्न र प्राविधिकरुपमा नबनेका घरलाई सुधार गर्नसमेत तयार रहेको बताउनुभएको थियो । 

गरिब गाउँवासी भएकाले गाउँपालिकाले सबै किसिमले सहयोग गर्ने बताउँदै गाउँपालिका अध्यक्ष शम्भु थापाले गाउँपालिकाले नियमानुसार निर्णयसमेत गरेर नीतिगत रुपमा समेत जनताको पक्षमा काम गर्ने बताउनुभयो । 

भूकम्प प्रभावित गाउँमा ५० को संख्यामा हात्तीपाइले भएकाको समस्या रहेको र उनीहरुले समेत घर बनाउन नसकेको अवस्थामा समस्यामाथि समस्या आएको दलबहादुर दरइले बताउनुभयो । 

दुवैखुट्टामा हात्तीपाइले भएर काम गर्नसमेत नसक्ने भएका लालबहादुर दरइ र सेती दरइले आफ्नो घर बनाउन प्राविधिकले कहिल्यै सल्लाह नदिएको तथा सडक क्षेत्रमा मात्र गएकाले आफ्नो गाउँमा प्राविधिक आउनुपर्नेमा जोड दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो