पुस ५, बागलुङ । बागलुङमा घर छिप्ने माटो खन्ने क्रममा पुरिएर बिहीबार दुई महिलाको मृत्यु भएको छ ।

जिल्लाको सर्कुवामा घर लिप्ने माटो खन्ने क्रममा पुरिएर जैमिनी नगरपालिका वडा नम्बर ४ सर्कुवाकी ५० वर्षीया हरिकला सुनार र २५ वर्षीया पूर्णाकला नेपालीको मृत्यु भएको हो ।

माटोमा पुरिएर घाइते भएका तारा सुनारको फेवासिटी अस्पताल पोखरामा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

मृतक सुनार र नेपालीको पोष्टमार्टमको लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।

बागलुङमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु, १ घाईते