२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पाटो नमिल्दा थारु राष्ट्रिय माघि महोत्सव यो वर्ष पनि दुई स्थानमा हुने

२०७४, ९ पुष आईतवार ०५:१३

भास्कर के.सी | पुस ९, कञ्चनपुर | काठमाडौं उपत्यकामा बसोबास गर्ने थारुसमुदाय लगायत आदिवासी जनजाति संघ संस्थाले माघ १ गते हुने थारु राष्ट्रिय माघि महोत्सबको तयारीमा जुटेका छन् । 

संयोजक, आर्थिक र जिम्मेवारी बाँडफाँड लगाएतका पाटो नमिल्दा विगत २ बर्ष देखि उपत्यकामा दुई ठाँउमा हुँदै आइरहेको थारु राष्ट्रिय माघि महोत्सब यो बर्ष पनि दुई ठाँउमा हुने भएको छ । थारु कल्याणकारिणी सभा उपत्यका समितिको मुल संयोजनमा बसेको बैठकले पौष ४ गते डम्मर प्रसाद चौधरीको संयोजकत्वमा महोत्सब समिति गठन गरे पछि, थारु विद्यार्थी समाजका केन्द्रिय अध्यक्षको अध्यक्षतामा बसेको बैठकले शनिबार पौष ८ गते ३२ वटा आदिवासी जनजाति संस्था आवद्व १०१ सदस्य सहितको थारु राष्ट्रिय माघि महोत्सब समिति गठन गरेको छ ।

 बैठकले चम्पन साँस्कृतिक समुहका अध्यक्ष नन्दु राज चौधरीलाई थारु राष्ट्रिय माघि महोत्सबको संयोजकमा चयन गरेको छ । १४ उपसमिति संयोजक सहित १०१ सदस्य रहेको थारु राष्ट्रिय माघि महोत्सबको उपसमितिमा प्रचार प्रसार, अर्थ ब्यवस्थापन एवं परिचालन, मंच ब्यवस्थापन, साउण्ड सिस्टम ब्यवस्थापन, फुड स्टल ब्यवस्थापन, सांस्कृतिक, झाँकी र्याली, स्वयम् सेवक परिचालन, अतिथि सत्कार, औषधी उपचार, सल्लाहकार, अनुगमन तथा मुल्याङ्कन, रक्तदान व्यवस्थापन र जिता व्यवस्थापनको जिम्मेबारी बाँडफाँड गरेको छ । 

महोत्सव एक ठाउँमा हुँदा हुने उल्लासमय वातावरण दुई ठाउँमा महोत्सव हुँदा नहुनेगरेको बुझाई दर्शकरुको छ । बैठकमा थारु विद्यार्थी समाजका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद चौधरीले भने “माघी महोत्सवलाई यस वर्ष एकै ठाउँमा गर्ने प्रयास जारी रहेको बेला थारु कल्याणकारिणी सभाले गैर जिम्मेबारी पुर्वक एकलौटी रुपमा आयोजक समिति सार्वजनिक गरेकोले थारु माघि महोत्सब फेरी पनि दुई ठाँउमा हुने निश्चित नै भयो” थारु कल्याणकारिणी सभा केन्द्रले आयोज समितिको संयोजन गर्नु पर्ने, हिसाब पार्दर्सी बनाउनु पर्ने, र समान जिम्मेवारी लाई आत्मसाथ गर्दै सम्पुर्ण संघ संस्थालाई मिलाएर लानु पर्ने भन्दै थारु विद्यार्थी समाज, वर्दियाली थारु विकास मञ्च लगाएतका विभिन्न थारु संघ संस्थाले माग राख्दै आइरहेका छन् । यस वर्ष पनि सोही विषयमा विवाद रहेको दुवै पक्षको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो