१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका विभिन्न ठाँउमा माघी मेला लाग्दै

३० पुष २०७२, बिहीबार ११:०७

 पुस ३०,  प्युठान । जिल्लाका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुमा आज  माघे सक्रान्ति मेला लाग्दैछन् । झिमरुक नदिको उत्गम स्थल गौमुखी, झिमरुक नदि र माण्डवी नदिको संगम स्थल ऐरावती, तिरामको किमिचौर दह, मरण्ठानाको बुलवुल मुल बाइसधारा लगायत स्थलहरुमा भव्य मेला लाग्दैछन् ।

पुस मसन्ता देखि यहाँ मेला शुरु हुने गर्दछ। माघ महिनाको पहिलो दिन यि स्थानहरुमा स्नान गरेमा वर्षभरी जानेर वा अन्जानमा भएका गल्ती पखालिन्छ भन्ने धार्मिक बिश्वास रहिआएको छ । माघे सक्रान्तिको दिन खिचडी खाने, विभिन्न प्रकारका तरुल, विभिन्न प्रकारका रोटीहरु खाने चलन छ ।

हरेक बर्ष पर्यटन सम्वन्धी गतिविधि संचालन भैरहदाँ स्वर्गद्धारीलाई केन्द्रित गरेर कार्यक्रमहरु संचालन भैरहे पनि यस पटक विभिन्न स्थानमा  सांस्कृतिक  कार्यक्रम संचालन गरिएको छ । स्थानिय कला भाषा र लोपउन्मुख संस्कृतीको जगेर्नाका साथै पर्यट्न बिकासका लागि मेलाको आयोजना गरिएको आयोजकले जानकारी दिएका छ्न।

माघे सक्रान्तिकै अवसर पारेर झिमरुक नदि र माण्डवी नदिको संगम स्थल ऐरावतीमा पनि नुहाउनेहरुको निकै घुइचो लागेको छ । राप्ती नदि बन्ने यस स्थानमा नुहाउनका लागि प्यूठानको दाङवाङ, ढुङ्गेगढी, वांगेशाल, अर्घाखाँचीको सिद्धारा जलुके, धनचौर, जुकेना लगाएत विभिन्न स्थानहरुबाट दर्शनार्थी आउने क्रम शुरु भएको छ । भालुवाङ्ग–प्यूठान सडक सडक खण्डमा पर्ने बड्डाडाँ बजारदेखि करिव १८ किलोमिटर कच्चि सडक पार गरि माण्डवी नदि माथि बनेको झोलुंगे पुल तरिसकेपछि ऐरावती पुग्न सकिन्छ । पुसको अन्तिम दिन राती स्थानीय सोरठी नाँच, लोक गित, भजन क्रितन कार्यक्रम गरी माघे संक्रान्तिको दिन दोभानमा नुहाउने गरिएको छ ।

माघे सक्रान्तिको अवसरमा प्यूठानको स्वर्गद्धारीमा खिचडी मेला संचालन भैरहेको छ । हरेक वर्ष माघे सक्रान्तिको बेला हुने खिचडी मेला माघको पहिलो हप्ताभर संचालन हुने स्वर्गद्धारी आश्रमले जनाएको छ । खिचडी मेला भर्न नेपालका विभिन्न ठाँउका साथसाथै भारतको उत्तरप्रदेश लखनउबाट बढि भक्तजन आउने गरेका छन् ।

गौमुखीमा स्थानीय क्लव तथा संघसस्थाहरुको आयोजनामा गौमुखी मेलाको आयोजना गरिएको छ । स्थानीय लोक सस्कृतिको विकास, पर्यटकीय स्थलको विकास, ग्रामिण एवं बाह्य पर्यटन प्रवद्र्धनगर्ने उद्देश्ले मेला आयोजना गरिएको हो । आइतवार विहानै गाईको मुख जस्तो आकारबाट छङछङ बग्ने चिसो पानीमा नुहाउनेहरुको घुँइचो लागेको थियो । दर्शनार्थीहरुलाई प्रसाद वितरण र भजन सहित स्थानीय लोक सास्कृतिक प्रदर्शनी कार्यक्रम समेत गरिएको छ ।  गौमुखी पुग्नका लागि अर्खासम्म कच्चि मोटरबाटो पुगेकाले दर्शनार्थीको संख्यामा बृद्धि भएको स्थानीयले बताएका छन् ।

यसै गरी प्युठानको तिराम गाविसको  वडा नम्बर ७ स्थित किमिचौर गाउँमा रहेको किमिचौर दहमा पनि मेला लागने त्यहाँका स्थानीयबासीहरुले जनाएका छन् । यहाँ पनि प्रत्येक वर्ष माघीको समयमा मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव