Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा अध्याधिक चिसोका कारण जनजिवन प्रभावित

२०७४, १० पुष सोमबार ०३:१२

टेकेन्द्र बोहरा | पुस १०, बझाङ | चिसो बढेपछि बझाङको जनजीवन प्रभावित भएको छ । शितलहर र बाक्लो हुस्सु सँगै चिसाकोे हावाले वृद्ध र बालबालिका बढी प्रभावित बनेका छन् ।

अत्यधिक चिसोले निमोनिया, रुघाखोकीका बिरामी बढेको चिकित्सकले बताएका छन् ।

जिल्ला अस्पताल बझाङले चिसोका कारण दैनिक झण्डै  २०देखी ३० बिरामी उपचार गर्न आउने गरेको बताएका छन  । तीमध्ये अधिकांश रुघाखोकी, दम, निमोनियाका भएको अस्पतालमा आउने अस्पताल  स्रोतले बताएको छ ।

चिसोका कारण ग्रामीण क्षेत्रका विद्यालयमा बालबालिकाको उपस्थिति पातलिँदै गएको छ देवस्थली निम्न माध्यामिक विध्यालयका प्रधाना ध्यापक शुकदेव जोशिले बताए । 

जाडो बढेका कारण सदरमुकाम चैनपुर र आसपासका स्थानिय बजारमा  न्यानो कपडा खरिद गर्नेको ग्राहक बढेको ब्यापारीहरु बताउँछन् ।

स्थानिय स्तरमा उत्पादित आलुको माग बढदै पछिल्लो समयमा बझाङ जिल्लाको विभिन्न ग्रामिण क्षेत्रहरुमा  उत्पादीत आलुको  माग बढ्दै गएको छ । 

रसायनिक मल र विषदिको कुनै प्रयोग नगरि शुद्ध अर्गा्निक पद्धति बाट आलु उब्जाउने गरेकाले आलुको स्वाद मिठो र छिटो पाक्ने गरेका कारण स्थानिय स्तरमा उत्पादित आलुको माग बढदै गएको हो । 

जिल्लाका विभिन्न ग्रामिण क्षेत्रहरुमा स्थानिय स्थरामा किसानहरुले उत्पादन गर्ने गर्दछन  ।

जिल्लाको मुख्य व्यापारिक केन्द्र  चैनपुर,बुङगल, विजगडा, वित्थड,बागथला, झोता, भाँडे बजार, देउरा, लगायत सदरमुकाम मा स्थानिय आलुको माग बढदै गएको छ । 

अहिले स्थानिय आलुको मुल्य प्रति किलो २५ देखि ३० रुपयाँ सम्म गाँउघरमै पर्ने गरेको छ भने बजारमा यसको मुल्य ३५ देखि ४० प्रति किलोमा पाईने गरेको छ ।

गोठेमलको प्रयोगले आलुलाई स्वादिष्ट बनाउने हुदा ग्रामिण क्षेत्रमा उत्पादित हुने आलुको माग बढदै गएको छ स्थानिय बासी र ब्यापारी बताउछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ