2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महेन्द्रनगर नगर विकास समितिको जग्गाको छानबिन गर्न समिति गठन

पुस १०, कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिको जग्गा कब्जा गरेर महेन्द्रनगर बजार क्षेत्रमा धमाधम संरचना निर्माण हुन थालेपछि समिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढाइएको छ । 

नेकपा(एमाले) का उपसचिव रणबहादुर महराको संयोजकत्वमा विभिन्न दल र सरकारी निकायका प्रतिनिधि सदस्य रहने गरी छानबिन उपसमिति गठन गरिएको छ । समितिमा नेकपा (माओवादी केन्द्र)का नेता गगनबहादुर सिंह, नेपाली काँग्रेसका टेक कठायत, महेन्द्रनगर नगर विकास समितिका सदस्य देवराज मिश्र, नापी र मालपोत कार्यालयका प्रतिनिधि सदस्य छन् । 

सहरी विकास तथा भवन निर्माण विभाग धनगढीका इञ्जिनियर समितिमा सदस्य सचिव छन् । समितिका सदस्य काँग्रेसका कठायतले यसअघि समितिको अवैध जग्गा कब्जा प्रकरणमा असन्तुष्टि जनाउँदै नगर विकास समितिको सदस्यबाट राजीनामा दिनुभएको थियो । 

समितिका उपसंयोजक महराले नगर विकास ऐनविपरीत कब्जा गरिएको जग्गा र त्यसमा निर्माणाधीन सबै संरचनाको छानबिन गरिने जानकारी दिनुभयो । “कानून मिचेर के–कस्ता कार्य भएका छन्, त्यसको छानबिन गर्छौं”– उहाँले भन्नुभयो । 

समितिलाई छानबिनका लागि एक महिनाको समय सीमा दिइएको छ । तोकिएको समयमा छानबिन पूरा गर्न समितिले कार्य अघि बढाएको संयोजक महराले बताउनुभयो । 

नगर विकास समितिका केही अध्यक्षसँग सम्झौता गरिएको कागज देखाउँदै समितिको जग्गा कब्जा गरी भौतिक संरचना निर्माण गरिएका छन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौका छोपेर सबैभन्दा बढी अवैध संरचना निर्माण गरिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा