२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मापसे सेवन गर्ने दुई सय पैँतालिस चालक पक्राउ

२०७४, १० पुष सोमबार ०४:१७

पुस १०, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई नियन्त्रणमा लिएको छ । 

महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारबाही गरेको हो । 

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले क्रिसमसको अवसर पारेर मापसे सेवन गरी जथाभावी सवारी साधन चलाउने र दुर्घटना हुने भन्दै महाशाखाले विशेष जाँचको व्यवस्था गरेको जानकारी दिनुभयो । 

“दुर्घटना नियन्त्रण गर्न अरु दिनको भन्दा क्रिसमसमा छुट्टै ३५ ठाउँमा विशेष जाँचको व्यवस्था गरेका हौँ”– उहाँले भन्नुभयो । महाशाखाले ८४ गाडीलाई समेत नियन्त्रणमा लिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन