Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शीतलहरका कारण जनजीवन कष्टकर, हवाइ उडान प्रभावित

२०७४, १० पुष सोमबार ०७:१९

पुस १०, नेपालगञ्ज  । शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । 

तीन दिनदेखि एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले आकाश छोप्नेक्रम नरोकिएपछि तराईका जिल्लामा घाम पनि मधुरो लाग्ने गरेको छ । चिसोसँगै बहने सिरोटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ । 

अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । 

स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, टायफाइड, निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ । 

चिसो अध्यधिक बढेपछि स्थानीय आफ्नो टोलको चोकचोकमा आफैँले जोहो गरेको दाउरा बालेर दिनभरि तापीबसेको देख्न सकिन्छ । नेपालगञ्ज नगरपालिकाले आगो ताप्न दाउरा उपलब्ध नगराएपछि स्थानीय आक्रोसित भएका छन् । 

यसैबीच, यहाँका मानवअधिकारकर्मीका संघसंस्थाले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई दिएको ज्ञापनपत्रमा बाँके जिल्लाका अति विपन्न परिवारलाई शीतलहरबाट जोगाउन आवश्यक पहल गर्नुपर्ने माग गरेका छन् । 

तराईका साथै पश्चिम क्षेत्रका पहाडी तथा हिमाली जिल्लामा पनि हिउँ परेकाले त्यस क्षेत्रमा समेत अत्यधिक जाडो बढेको छ । तराईमा शीतलहर तथा बाक्लो कुहिरो र पहाडी तथा हिमाली जिल्लामा हिउँ परेपछि हवाई उडानसमेत आंशिकरुपमा प्रभावित हुने गरेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ