माघ २०, प्युठान । स्वर्गद्धारी सार्बजानिक यातायात ब्यबसायी समितिको अध्यक्षमा सुनिल बस्नेत निर्बाचित भएका छ्न।बस्नेतले प्रतिद्धन्दी सुनिल शाही (लेकाली) लाई ८ मतले पराजित गरेका हुन।
बिजयी बस्नेतले ६१ र लेकालीले ५३ मत प्राप्त गरे। समितिको सोमबार बिजुवारमा सकिएको १३ औ बार्षिक साधारणसभा एवं सातौ अधिबेशनबाट बरिष्ठ उपा मा प्रकाश गौतमलाइ एक मतले पछि पार्दै टुक बहादुर थापा बिजयी भएका छन।त्यस्तै द्धितिय उपाअध्यमा सुदन अमात्य सर्बसहमत चयन भएका छन।
महासचिवमा ६ मत अन्तरले प्रत्याशी भरत ढकाललाइ हराउंदै चन्द्रमान श्रेष्ठ बिजयी भए। प्रशासनिक सचिवमा कुमार श्रेष्ठ निर्बाचित भएका छन उनले हिमाल पोख्रेललाइ १० मतले पछि पारे। स्वर्गद्धारी समिति प्युठानको कल्याणकारी सचिवमा नबिन गौतम हिरामणी गौतमसंग १४ मतको फरकले पराजित हुन पुगे।कोषाअध्यक्षमा दुई मतको अन्तरले यामलाल श्रेष्ठलाइ हराउदै विशाल शर्मा बिजयी भए।सहकोषा अध्यक्षमा वीर बहादुर केसिलाई भुपेन्द्र मल्लले ३ मतले उछुनेर बिजयी भए।निर्बाचन मण्डलले दिएको जानकारी अनुसार प्रकाश घिमिरे,सुरेश कुमार श्रेष्ठ, वीर बहादुर थापा, खेमराज सुनार, भुपेन्द्र पोख्रेल, नारायण केसि र बिनोद गौतम सद्स्यमा निर्बाचित भएका छ्न।अहिले समितिमा जिल्लाभरका १ सय २० जना यातायात ब्यबसायी आबद्ध छ्न।