2026-09-19 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा असहायबीच न्यानो लुगासँग न्यानो माया साट्दै केबी

पुस १२, डोटी । डोटीको दीपायल बजारमा व्यापार गर्दै आएका खगेन्द्र साउद (केबी)ले मंगलबार दीपायल सिलगढी नगरपालिकाका सबै वडामा न्यानो लुगा वितरण गर्नुभएको छ । 

दीपायलमा विगत १२ वर्षदेखि केबि स्टिल तथा फर्निचर उद्योग, केबि इलेक्ट्रोनिक्स सञ्चालन गर्दै आएका साउदले नगरपालिकाभित्रका नौवटै वडामा पुगेर वृद्ध, अपांग, एकल महिला, गरिब तथा असहायलाई जाडोमा न्यानो लुगा वितरण गर्नुभएको हो । 

साउदले मंगलबार दिसि नपाका वडासँगको सहकार्यमा आफ्नै व्यक्तिगत लगानीमा हरेक वडामा कार्यक्रमको आयोजना गरी नौवटै वडाका ३० जना गरी २७० जना वृद्ध, अपांग, एकल महिला गरिब तथा असहायलाई न्यानो लुगा वितरण गर्नुभएको हो । 

केबि गु्रपले वितरण गरेको न्यानो लुगा पाएपछि यहाँका स्थानीय बासिन्दा र वृद्ध उहाँप्रति निकै खुशी हुनुका साथै धन्यवादसमेत दिएका थिए । त्यस्तै, आफ्नै वडा कार्यालयमा आएर केबिले न्यानो लुगा वितरण गरेकोप्रति दीपायल सिलगढी नगरपालिका वडाध्यक्षलगायत स्थानीयले केबि इलेक्ट्रोनिक तथा केबि स्टील फर्निचर उद्योगले निकै सराहनीय काम गरेको भन्दै उहाँलाई फूलमाला र खादा पहिराएर स्वागत गर्नुभएको थियो । 

केबि ग्रुपका प्रोपाइटर खगेन्द्रबहादुर साउद (केबि) विगतदेखि नै निःस्वार्थ रुपले समाज सेवामा लगेका अभियन्ता हुन् भन्दै दिसिनपा–२ का वडा अध्यक्ष राजेन्द्र खड्काले उहाँको गुन जनतालगायत आफूले तिर्न र सेवाअनुसारको मेवा दिन कहिलेपछि नहट्ने बताउनुभयो । 

त्यस्तै, दिसिनपा–४ का वडा अध्यक्ष वीरेन्द्र शाहले नगरपालिकाभित्र अझै पनि वर्षको एकजोर न्यानो लुगा खरिद गर्न नसक्ने समुदाय रहेकाले उहाँको सहयोग भगवानले दिएकोे वरदानजस्तै रहेको बताउनुभयो । 

वृद्धभत्ताको भरमा जीवन चलाइरहेकी दिसिनपा–१ गोसेडाकी ८५ वर्षीया वृद्धा सरु साउदले आफूले मर्ने बेलामा छोरा पाए सरह भएको बताइन् । एक छोरीकी आमा सरु साउद छोरीको बिहेपछि विगत दश वर्षयता एकलरुपमा बस्दै आएकी छन् । 

उनले भनिन्, “भत्ताको पैसा घर खर्चमै ठीक हुन्छ । जाडो लागेको यत्रो समय भइसक्यो, तर एकसरो तातो लुगा किन्न सकिएन । आज भगवान्ले तातो लुगा लिएर आउनुभयो । उहाँको कल्याण होस् ।” 

त्यस्तै, दिसिनपा–२ कि ९५ वर्षीया नरु कठायतले न्यानो कपडा दिएबापत उहाँलाई आफ्नै छोरा सम्झेर माया र आशीर्वादबाहेक आफूसँग उहाँलाई दिन केही नभएको बताइन् । साथै, उनले जसलाई भोट दिएँ उनीहरुले दर्शन पनि नदिएको तर उहाँले बिना स्वार्थ न्यानो कपडा दिएर ठूलो गुन लगाएको बताइन् । 

डोटी जिल्लाका स्थानीय बासिन्दासमेत रहेका साउदले विगत पाँच वर्षयता आफ्नै व्यक्तिगत लगानीमा प्रत्येक वर्ष रु पाँच लाखका दरले न्यानो लुगा वितरण गर्दै आएको बताउनुभयो । 

उहाँले भन्नुभयो “जाडोले कतिपय असहाय तथा वृद्ध आमा बुबालाई समस्या हुँदै आएको थियो । हामीले जाडोमा उहाँहरुलाई अलिकति भएपनि न्यानो होस् भन्ने उद्देश्यले केही लुगा वितरण गरेका छौँ । त्यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । म मेरो कमाइको केही अंशले सेवा गर्न चाहन्छु ।” 

उहाँले थप्नुभयो, “आफ्नो कमाइको केही अंशले जाडोमा न्यानो लुगासँग विपन्न वर्गको माया साट्दा असाध्यै आनन्द हुन्छ ।” केशवचन्द्र महरा/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई