2026-09-19 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा ५ दिने आधारभुत पत्रकारीता तालिम शुरु

प्रकाश बम/पुस १२, डोटी । दिपायलमा मंगलबार देखि पाँच दिने आधारभूत पत्रकारीता तालिम शुरु भएको छ ।

सुचना बिभागको आयोजना तथा एकिकृत समाज विकास नेपालको सह आयोजना र नेपाल पत्रकार महासंघ डोटी शाखाको स्थानीय संयोजनमा तालिमको आयोजना गरीएको हो ।

आधारभूत पत्रकारीता तलिमको उद्घाटन कार्यक्रममा बोल्दै सूचना विभागका महानिर्देशक वीर बहादुर राईले पत्रकारीता शिप जता गए पनि काम लाग्ने भएकाले सबैले यस तालिमलाई महत्व दिएर सिक्न जोड दिए । 

साथै यो तालिम अनुभब साटासाट गर्ने थलो रहेको समेत महानिर्देश राईले बताउनु भयो । राज्यले जसरी सम्मान दिएको छ त्यसरी पत्रकारीता पेशालाई सम्मान गर्न आग्रह गर्नु भयो । अब अनलाइनलाई बर्गिकरण गर्ने क्रममा सुचना बिभाग रहेको महानिर्देशक राईले बताउनु भयो ।

त्यस्तै कार्यक्रमा बिशिष्टि अथितिको आसनबाट बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले मान्छेको दिनको शुरुवात सुचना र संञ्चारबाटहुने भएकाले संञ्चार सत्य तथ्यमा आधारीत हुनु पर्ने बताउनु भयो । 

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंंघका केन्द्रिय सदस्य मिन बहादुर बमले काठमाण्डौ र सुदुर पश्चिममा काम गर्ने पत्रकारलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउनु भयो । अहिलेससम्म बिज्ञापान नितिमा नै कमजोरी रहेकाले समय सापेक्षिक परीवर्तन हुनु पर्ने केन्द्रीय सदस्य बमको जोड रहेको थियो ।

आफुहरुले संचार प्रतिष्ठानको माग गरीरहेको भएपनि सम्बन्धित निकाएले चासो नदिएको समेत गुनासो गर्नु भयो । तलिमको अध्यक्षता नेपाल पत्रकार महासंघका डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले गर्नु भएको थियो । 

उद्धघाटन तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष बलायर यो तालिम डोटीका जिल्लाका लागि पत्रकारहरुकालागि  निकै आवश्यक रहेकोले पाँच दिन ध्यान दिएर तालिम सिक्न सुझाव दिए ।

तालिमका प्रशिक्षक तथा एकिकृत समाज विकास नेपालका दिपक कार्कीले संचारका आठवटा तत्व र तहका बारेमा प्रशिक्षार्थिहरुलाई तालिमको पहिलो दिन जानकारी गराएका थिए ।

पत्रकाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ सो तालिमको आयोजना गरीएको हो । तालिममा  कार्यरत तथा नयाँ गरी ३० जना सहभागीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई