८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

बिधार्थी नेता भण्डारीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२१ माघ २०७२, बिहीबार १०:४४

सलिम अन्सारी/ माघ २१, प्युठान । नेकपा एमालेको बिधार्थी संगठन अनेरास्वबियुको २२ औ राष्टिय अधिबेशनमा केन्द्रीय सदस्यका लागि बिनोद भण्डारिले उम्मेदवारी दिने भएका छन ।

संगठनभित्र गतिशिल र जुझारु युवा बिधार्थीको उपस्थिती बढाउन तथा युवा बिधार्थिको आवाज सम्बोधन गर्न राप्ती अन्चलबाट केन्द्रीय सद्स्यमा आफुले उम्मेदबारी दिने बताएका हुन।संगठनभित्र भएको गुट उपगुटको अन्तय गरि पार्टी संगठनलाइ मजबुत र बलियो बनाउन तथा सिद्धान्त र बिचारको राजनितीद्धारा नेपालि बिधार्थी आन्दोलनलाइ उत्कर्षमा पुर्याउन केन्द्रमा उम्मेदबारी दिन लागेको भण्डारिले उल्लेख गरे।

अनेरास्वबियुको सकारात्मक रुपान्तरणका लागि आफुले सबै युवा बिधार्थीको भावना अनुसार उम्मेदवारी दिन लागेको भण्डारिको भनाइ छ। संगठनको कार्यक्रमका दौरानमा राप्ती अन्चलका सबै जिल्लामा पुगेको बताउदै सबै प्रतिनिधिहरुले आफुलाइ सघाउने उनले दावी समेत गरे। काम गरेर भन्दा नेताको पछि डौडेर नेता हुन खोज्ने प्रबृती हावी हुँदै गएको भन्दै भण्डारिले काम गर्ने कार्यकर्तालाइ केन्द्रीय सदस्यमा छान्न आग्रह समेत गरेका छन।

आफू कक्षा ७ मा पढ्दा लहलहैमा अखिल क्रान्तिकारीको इकाइ अध्यक्ष भएको र त्यस्को चौबिस घण्टा नबित्दै अखिल क्रान्तिकारी छोडेर अनेरास्वबियुमा प्रबेश गरेका थिए। प्युठान जिल्लाको गंगा उच्च माध्यमिक बिधालय बहानेमा अनेरास्वबियुको प्रारम्भिक कमिटी अध्यक्ष चुनिए पश्चात् निरन्तर बिधार्थी राजनितिमा होमिएका भण्डारी अनेरास्वबियु प्युठानका जिल्ला कमिटी सदस्य, जिल्ला सचिव र जिल्ला उपाअध्यक्ष समेत भैसकेका उनी अहिले राप्ती अन्चल कमिटिका अन्चल कोषाअद्ययक्षमा सकृयताका साथ काम गर्दै आएका छन।

युवा बिधार्थीका हरेक अप्ठ्यारा,कठिनाइ र चुनौतिसंग साक्षातकार गर्ने भण्डारि प्युठान जिल्लामा हुने विभिन्न आन्दोलनका अगुवाका रुपमा चिनिन्छन। युवा तथा बिधार्थी आन्दोलनका योद्धा भण्डारी झिमरुक बहुमुखी क्याम्पस बाग्दुलाका स्वबियु सभापती समेत हुन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता