सलिम अन्सारी/ माघ २५, प्युठान । प्युठानमा पहिलो चरणको दादुरा रुबेला खोप अभियान आज देखि शुरु भएको छ।माघ २४ गते देखि फागुन ३ गते सम्म पहिलो चरणको खोप अभियान शुरु गरिएको र दोस्रो चरणको कार्यक्रम फागुन ७ गते देखि फागुन १५ गते सम्म सन्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय प्युठानले बताएको छ।
कार्यालयले प्रत्यक गाबिसमा नौ वटा खोप केन्द्र स्थापना गरि ४ सय ४१ खोप केन्द्रबाट २४ हजार ३ सय ६० बालबालिकालाइ खोप लगाउने लक्षय लिएको पनि जनाएको छ। यस अभियानमा नौ महिना देखि पाच बर्ष सम्मका बालबालिकालाइ दादुरा रुबेला रोग बिरुद्धको खोप लगाइने छ।आफ्नो बालबालिकालाइ नजिकैको खोप केन्द्रमा लगेर दादुरा रुबेला खोप लगाउन कार्यालयले सबै संग आग्रह समेत गरेको छ।
सन २०१९ सम्म नेपालबाट दादुरा र रुबेला निबारण गर्ने लक्षयका साथ सरकारले खोप अभियान थालेको हो।