२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा उखु बोकेको ट्रकको ठक्करबाट महिलाको मृत्यु

२०७४, १३ पुष बिहीबार १५:३४

पुस १३, सर्लाही | पुर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । उखु लिएर महोत्तरीको रामनगरमा रहेको एभरेस्ट चिनी उधोगमा गइरहेको ना ३ ख ९४९० नम्बरको ट्रकको ठक्करबाट महोत्तरीको लक्ष्मिनिया गाउँ निवासी पुष्पलाल गोलेकी ४५ वर्षिया श्रीमती इन्द्र कुमारी गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत मंगलबार साँझ हरिवनबाट उखु लोड गरेर महोत्तरीको रामनगर तर्फ जाँदै गरेको उक्त ट्रकले ठक्कर दिएपछि इन्द्र कुमारीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय इश्वरपुर(बैलबास)को हिरासतमा राखिएको छ भने मृतको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरि आफन्तलाइ बुझाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक