2026-08-30 01:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

व्यवहारिक शिक्षाको अभ्यास गर्दै सुर्खेतको जनज्योती उच्च मावि

पुस १३, सुर्खेत । राम्रो शिक्षालयमा पढ्न पाइयोस्, पढेको कुरा तत्कालै व्यवहारमा लागू गर्न सकियोस् । अनि, पढ्दापढ्दै दाम पनि कमाउन पाइयोस् । अथवा, प्रमाणपत्र थपिँदै जाँदा धन पनि बढ्दै जाओस् । 

यस्तो भए कस्तो हुन्थ्यो होला ? यस्तो हुन असम्भव लाग्यो ? अहँ, असम्भव छैन, सम्भव छ । यो स्वादिष्ट कल्पना यथार्थमा बदलिएको हेर्न सुर्खेत जानुपर्छ । त्यहाँको बराहताल गाउँपालिकाको जनज्योती उच्च माविले यस्तै चमत्कार गरिरहेछ ।

जनज्योतीबाट कृषि विषय पढाई सकेका विद्यार्थीहरु प्रमाणपत्र बोकेर जागिर खोज्न हिँड्दैनन् । बरु, उद्यम गर्न जग्गा खोज्दै हिँड्छन् । किन ? किनकी जनज्योतीले पढाउँछ नै, त्यसबाहेक विद्यार्थीलाई उद्यमी पनि बनाउँछ । यसका लागि विशेष तरिका अपनाउँछ ।

जनज्योतीमा १८ महिने कृषि जेटियो र भेट्नेरी जेटियो पढाई हुन्छ । भर्ना हुने हरेक विद्यार्थीसँग पाँच हजार रुपैयाँ धरौटी लिइन्छ । त्यही रकम विद्यार्थीलाई ऋण दिइन्छ अनि खेति गर्न लगाइन्छ । 

ऋणको व्याज समेत तिर्न पर्दैन । गाईभैंसी, बाख्रा, बंगुर, कुखुरा, माछा पाल्न लगाइन्छ । एकातिर पढाई चल्दै गर्छ, अर्कातिर विद्यार्थीले व्यवहारिक ज्ञान लिँदै जान्छन् । अहिले जनज्योतीमा पढ्ने विद्यार्थीहरु मालामाल भएका छन् । अधिकांशले पढाई खर्च घरबाट ल्याउन पर्दैन, खेतिबाटै कमाउँछन् । कतिले त कमाएर घर पनि पठाउँछन् । 

जनज्योतीबाट कृषि विषय पढाई सकेका विद्यार्थीहरु प्रमाणपत्र बोकेर जागिर खोज्न हिँड्दैनन् । बरु, उद्यम गर्न जग्गा खोज्दै हिँड्छन् । खासमा जनज्योतीको जग्गा दुई बिगाहा मात्र हो । प्रधानाध्यापक नारायण सिग्देलले खेति गर्दै पढ्ने अवधारणा ल्याएपछि विद्यालयले २३ विगाहा जग्गा भाडामा लिएको छ । भाडा तिर्ने चिन्ता छैन, बरु, विद्यालयले ठूलो रकम आम्दानी गरिरहेछ ।

विद्यालयले माहुरी पनि पालेको छ । मह बेचेरै लाखौं रुपैयाँ आम्दानी गरिरहेछ । च्याउ खेति गरेर पनि उत्ति नै आम्दानी गरिरहेछ । माछापोखरीको आम्दानी पनि गज्जब छ । 

यो गज्जबको आम्दानीको परिणाम हो, जनज्योतीले कक्षा आठसम्म निःशुल्क पढाउँछ । आगामी दिनमा १२ कक्षासम्मै निःशुल्क पढाउने योजना रहेको नारायणप्रसाद बताउँछन् । विद्यालयलाई २५ विगाहा जग्गा अपूग भएको छ । 

त्यसैले सबै विद्यार्थीले मनग्ये आम्दानी गर्न पाएनन् । त्यसपछि त विद्यार्थीहरु आफैले गाउँमा जग्गा भाडामा लिँदै खेति गर्न थाले । विद्यार्थीलाई जग्गा खोजि दिने काम पनि नारायणप्रसादले नै गरिदिन्छन् ।

यो चमत्कारी विद्यालयमा पढ्न देशभरीबाट विद्यार्थी आउन थालेका छन् तर सिट संख्या थोरै छ । कृषितर्फ अहिले तीनसय २० जना पढिरहेछन् । विद्यालयमा कूल एक हजार ५८ विद्यार्थी छन् । 

शिक्षक र कर्मचारी ५२ जना छन् । न शिक्षक र कर्मचारीलाई तलब दिन समस्या छ, न विद्यार्थीलाई शुल्क तिर्न र निर्वाह गर्न समस्या छ । सम्पूर्ण रुपमा आत्मनिर्भर छ विद्यालय । त्यति मात्र होइन, लाखौं रुपैयाँ कमाइरहेको पनि छ । अनि, विद्यार्थीलाई पनि कमाउँदै पढ्ने मौका दिइरहेको छ ।

जनज्योतीका विद्यार्थीहरु किताबी ज्ञान मात्र लिँदैनन्, त्यो ज्ञानलाई व्यवहारिक रुपमै प्रयोग गर्छन् । पढाई सकिँदा उनीहरु व्यावसायिक किसान, पशुपालक बनिसकेका हुन्छन् । अधिकांश विद्यार्थी भन्छन्, हामी जागिर खाँदैनौं, जागिर दिने बन्छौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने