२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

गाउँमा भेटाउनै गाह्रो सारङ्गी बाधक

२०७२, ४ फाल्गुन मंगलवार ०८:२८

pyuthanफागुन  ४, प्युठान । गन्धर्ब समुदाय नेपालमा सांगितिक समाचार बाचकको रुपमा परिचित छन। कुनै समय देशमा घटेको घटनालाइ टपक्क टिपेर गित बनाएर सुनाउदै हिड्ने यी साँगितिक समाचार बाचकहरुको भरमा दुनियाँले घट्ना थाहा पाउंथे हिजोआज रेडियो टेलिभिजन पत्रपत्रीका र अन्य सन्चार माध्यमका कारण सारङ्गी बाधकहरु ओझेलमा परेका छन। यी सांङ्गितिक समाचार बाचकहरु अहिले गाउँ गाउँमा सारङ्गि बजाएर घट्ना दुर्घट्नाको समाचार भन्दै हिंडेको बिरलै पाइन्छ। १० बर्षे द्धन्द्ध अघि गाउँगाउँमा सारङ्गी रेटेर विरहका गीतलाई खानेकुरासंग साट्दै जीवन चलाउदै आएका गाईने दाईहरु द्धन्द्धको शुरुवाती संगै शहर पसे । सोहि समयमा कतिले पेशा परिर्वतन गरे भने कतिपयले जसो तसो पुख्र्याैली पेशालाई बचाई राखेका छन। यसरी सत्य घट्नालाइ गितको माध्यमबाट गाउंघरमा सबैलाइ जानकारी दिन सारङ्गी बजाउदै हिड्ने गाइने दाइहरु भेट्न अब मुस्किल पर्छ।

घर अर्घाखाँचिको अर्घा बताउने ४५ बर्षिय ठाकुर गन्दर्भ आफ्नो पुर्खौली पेशा जोगाउन कै लागि सारङ्गी रेटेर हिडदै गर्दा संयोगले भेटिए उनले सारङ्गी रेटेर जीवन चलाउनै मुस्किल परेको दुखेसो पोखे । ‘पुर्खाले सारङ्गी बजाएर गाउँ डुलेर खाने काम गरे, सम्पत्ति जमाउन सकेनन् ।’ उनले भने, ‘कतिले पुख्र्यौली पेशा नै परिर्वतन गरे त पेशा धानेकाहरु पनि राजधानी वा शहर केन्द्रित भएका छन् । ‘उतिबेला हामिले एक ठाउँमा भएको घट्ना अर्को ठाउँमा सारङ्गी बजाएर गित मार्फत सुनाउथ्यौं,हामिले भनेपछी मात्र अरुले ए फलानो गाउँमा त यस्तो भएको रैछ नि भनेर चाल पाउथेँ।” ठाकुर थप्छ्न,” अब आजभोली केही घट्ना घट्ने बित्तिकै रेडियो टेलिभिजनले फुकिहाल्छन,अचेल हाम्रो वास्ता हुनै छाड्यो।” उनले गुनासो गरे।वल्लो गाउँमा कसैको हत्या भए पल्लो गाउँमा खबर पुग्थ्यो सरकारले कुनै उर्दि जारी गर्यो अथवा कुनै घट्ना घटे जानकारी गराउने तत्कालिन समयका खबरका सुचक यिनै थिए।तर अहिलेका पुस्ताले यो बुझन सकेका छैन्न। ‘ गर्दैन्न कसैले गर्दैन्न छोडे अचेलका ठिटाहरुले के को गाउँ गाउँमा हिडेर बदनाम गर्ने हो भन्छ्न।कसैले लेबर काम गर्छन कोहि इन्डिया जान्छन मजदुरी गर्न। उनले तितो पोखे।

धेरैले पेशा परिर्वतन गरेपनि कतिपय गन्र्धवको मनले पुख्र्यौली पेशालाई चटक्कै माया मार्न सकेका छैन् । उनीहरुले नवपुस्तालाई सारङ्गी बाजा चिनाउदै गीत गाउदै आशिष दिदै हिडेका छन् । पेशा नै लोप हुदै गएपनि पेशालाई टिकाउनमा समुदायको सहयोग कम हुदै गएको छ । राजधानी र विभिन्न जिल्लाका सदरमुकाम सम्म पुग्ने गरेका गन्र्धव दाईहरु गाउँमा पुग्दा कसै कसैले त सुन्न चाख मान्छन र अलि दिन्छन कसैले पटककै चाख राख्दैन्न,दैलैबाट २०/५० रुपैयां पैसा दिन्छन गितै नगाइ फर्किनुपर्छ उनले थपे। सारङ्गी बजाउने कला र आफ्नो गला बेचेर बिहान बेलुकाको छाक टार्ने ठाकुरलाइ आफ्नो सन्ततिले पेशा छोडेको कत्ती मन परेको छैन।

pyuthan 1

उनका अनुसार आफ्ना सन्तानले समेत पेशा परिर्वतनको लागी सुझाव दिन थालेका छन् । दुख धेरै भएपनि धेरैले पुख्र्यौली पेशालाई सम्मान गर्न छोडेको प्युठान रस्पुरकोट्का २० बर्षिय युवा सन्तोष गन्धर्बको बुझाई छ । विहान देखि साँझ सम्म सारङ्गी रेटेर गीत गाउदा गलामा समस्या मात्र होईन्, घरबेटीहरुको अस्भाविक व्यवहार समेत खेप्नुपर्ने हुन्छ ।

आगामी दिनमा पुख्र्यौली पेशा परिर्वतन गरेर पहिचानलाई निमिट्यान्न पार्ने काम भन्दा पनि गाईने दाईहरु गाउँ प्रवेश गर्न सके पेशा सम्मानमा सहयोग पुग्ने छ उनले । गाँउको रोधि शहरमा दोेहारी साँझमा परिणत हुदा गाईने दाई पनि शहरकेन्द्रित बन्दा गाउँले जीवन विताईरहेका मनमा शुन्यता छाएको र सारङ्गी ओझेलमा पर्दै गएको भन्दै ‘सारङ्गी बचाउ अभियान’ थालिएको गन्धर्ब लोक सांस्कृतिक संरक्षण मन्च रस्पुरकोट प्युठानका अध्यक्ष धुर्ब बिरही रन्जनले बताए। उनले ‘ सारङ्गीको बचाउन र गन्दर्भ समुदायको संसकृति उत्थानमा राज्यले पहल गर्नु पर्ने’ सुझाए।उनिहरुलाई अब एउटै पिर छ, पैसा कमाउन लेवर काम गर्ने र भारत पस्ने आफ्ना छोराहरुले सारङ्गी बजाउनै बिर्सेर आफ्नो पेशै संकटमा पर्ने हो की ?

झलकमान गन्दर्भ, तिर्थबहादुर गन्दर्भ यिनै गन्दर्भका पुर्खा हुन जो समाजमा अहिलेसम्मानको पात्र हुन् । तर पछिल्लो नयाँ पुस्ताले आफ्नो पेशाप्रती देखाएको वितृष्णाले भोलीका दिनमा गन्दर्भ समुदायको यथार्थ परिचय गुम्ने लक्षण देखीएको छ । जसले नेपाली संस्कृतीमाथी प्रश्नचिन्ह खडा गरीदीएको छ ।

गन्दर्भ समुदाय आफै पनी यसको प्रबद्धनमा लाग्नु त पर्छ नै साथमा अरु समुदायले पनी उनीहरुलाई साथ सर्मथन र सहयोग गर्ने हो भने पक्कै पनी पहिचान जोगाउनकै लागी गन्धर्ब समुदायको नयाँ पिढि जागरुक हुनेछ । हिजोका दिनमा यो समुदायले नेपाली समाजलाई सुशुचीत गरेर दिएको योगदान सानो होईन ।मनोरन्जन संगै सांस्कृतिक संगितको जिबन्तता गन्धर्ब संगितको बिशेषता मानिन्छ।तर समाजको ईतिहास बताउनेहरु कै ईतिहास अर्कैले बताइदिन पर्ने अबस्था कसरी आयो? यस्को चित्त बुझ्दो उत्तर कहिकतै आएको पाइदैन।
लोकसंगीतको विकासमा विशेष भूमिका निर्वाह गर्ने गाईनेदाईहरुलाई हाम्रो पनि विशेष सम्मान छ ।

प्रस्तुती-सलिम अन्सारी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ